Skip to content

कल्पना राई़

प्रवासको तितो मिठो मेरा भोगाइहरू

प्रकृतिको एक अभिन्न अंग नारी जो बिना यो संसारले कुनै रुपमा फड्को मार्न सक्दैन, यो कुराहरू जान्दा जान्दै पनि बिभिन्न कारणले गर्दा हामी नारी पछि नै छौ, एकाईशौ शताब्दीको आगमनसँगै परिवर्तनका धेरै बिगुलहरू फ़ुकिए ता पनि त्यसको ध्वनि निश्चित र सही ठाउँमा पुग्न सकेको छैन, सायद यसको कारणहरूमा शिक्षा, अन्धोसमाज, अस्थिर राजनीति, संकुचित सोच र गरिबी नै हुन। अँझ हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको लागि, तथापि समयको प्रभाव र परिवर्तनसँगै जुध्ने हामी नेपालीको बानी र आँट भएकोले नै अरुले गर्न सक्ने काम हामी पनि गर्न सक्छौ र गरेर देखाउने आँट र अभिलाषाहरू बोकेर घर, परिवार, देशसम्म परेलीबाट ओझेल पार्दै सात समुद्र पारि तर्न र तारिन थाली सक्यौ, हामी महिलाहरू पनि, बिडम्बना यस्तो परि दिन्छ कि सोचेको र आफूले गरेको बिपरित भइदिन्छ, ……… ।

पीडा मुक्त छैनौ प्रवासी

नेपालमा २०७२/०१/१२ गत शनिबार गएको महाभूकम्पले देश र देशबासी सम्पूर्णलाई क्षतविक्षत बनाएको छ अँझ पटक पटक भूकम्पको झट्का दोहारिरहदा हरेक नेपालीको मन यतिबेला त्रसित छ । वर्षौ देखि काठमाण्डौको मुटुमा अवस्थित धरहरा जसले विश्वमा म नेपाली हुँ भनेर गौरब साथ आफ्नो शिर ठड्याएर उभिएको थियो, हो ऊ पनि आज यस महाभूकम्पको शिकार हुन पुगेको छ सायद अब कहिले न उभ्भिने गरी टुक्रा टुक्रा भएर धुलो भएको छ । त्यसै गरी वसन्तपुर वरपरका यतिहासिक संरचना, धार्मिक स्थल लगायत उपत्यका बाहिर धेरैभन्दा धेरै ठाउँमा भौतिक संरचना अति दुखदायी तरिकाले ध्वस्त भएको छ कि सम्झदा मुटु फुट्ला जस्तो भइरहेछ । भौतिक संरचना आजै नभए भोलि फेरि पनि बन्ने सम्भावना हुन्छ तर अनगिन्ती मानवीय क्षति कसरी बिर्सनु?