ओम श्रेष्ठ

प्रतिभाको पहिचान

दृश्य १
(एउटा भव्य कोठा, सजावटका विभिन्न सामग्रीहरू, बीचमा भव्य किसिमको बेड अनि त्यसको दायाँ बायाँ कम्प्युटर र पढ्ने टेवल राखिएको छ । टेवलमा फूलदानी अनि केही पाठ्यपुस्तक र केही हिन्दी अङ्ग्रेजी चलचित्रका रङ्गीन पत्रिकाहरू प्रस्टै देखिएका छन् । पढ्न बसेको दीपक कहिले काहीँ मात्र पाठ्यपुस्तक हेरेजस्तो गर्छ । बढी ऊ रङ्गीन पत्रिकामा नै रमाइरहेको हुन्छ ।)
दीपक : (अँध्यारो मुख लगाउँदै पाठ्यपुस्तक समाएर) बाबा मम्मीको लागि यो पढ्नु पर्ने…. पढ्न मन लागे त हो नि …. (नाक खुम्च्याउँदै) मनै नलागेपछि पढेको कुरा कसरी दिमागमा जाओस्…. ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मङ्गलेको भाग्य

मङ्गले धनमाथिको राती गेडी भनेझैँ थियो । अँझ भुँइमा राखे कमिलाले टोक्छ, काखमा राखे जुम्राले टोक्छ भनेजस्तै पनि थियो मङ्गले उनको बाबुआमाको लागि । सानो र सम्पन्न परिवार थियो उसको । बाबु गाउँमा नै व्यापार गरेर बसेका थिए । मिजासिलो स्वभावका कारण उनको व्यापार निकै फस्टाएको थियो । आमा भने घरकै काम गर्थिन् ।

मङ्गले भरखर कक्षा ५मा पढ्न थालेको थियो । बाबुआमाको प्रशस्त माया पाएर मख्ख थियो । स्कुलको गेटसम्म आमाले उनलाई सधैँ नपुर्याई नहुने । मायाको मात्र होइन मङ्गलेलाई कुनै पनि सामानको कमी हुन दिएका थिएनन् उनका बाबुआमाले ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
OmShrestha

मुना र गहना

त्यति धेरै पहिलेको कुरो पनि होइन । नेपालको पूर्वी पहाडी भेगमा एउटा सुन्दर गाउँ थियो । त्यस गाउँमा विपन्न परिवारहरूको बस्ती बाक्लो थियो । विपन्न परिवारहरूमध्ये एउटा चाहिँ निकै सम्पन्न परिवार थियो ।

त्यस परिवारमा तीन जना सदस्य थिए । बाबु विदेश गएका थिए । विदेशमा उनको राम्रै कमाइ थियो भनेको सुनिन्थ्यो । उनकै कमाइले गर्दा परिवारको आर्थिक अवस्था सुदृढ हुँदै गएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •