Skip to content

बी एस नीरव

तीन मुक्तक (नेपाली जनताको नियति)

भोको पेट बन्द छ मुख आय गुमाएसी
पत्ता लाग्छ कोरोनाको काय गुमाएसी
सर्कार काँछ यता जन्ता रोगभोक, शोकले
कोठा भित्रै मर्न बाध्य उपाय गुमाएसी

हार्दिक श्रद्धाञ्जली कविवर !

प्रकृति काख जन्मियौ नाम माधव भनेर
ती गौरीशङ्कर द्रौपदीदेवी सुपुत्र बनेर
लम्जुङे डाँडा पुस्तुन गाउँ अति नै सुन्दर
बितेको थियो त्यो बालापन हुर्केर त्यै घर

गौँथलीको गुँड

विश्व मानव जगत् कोरोनाको आगोमा पिल्सिइरहेको थियो । बुद्धको देशमा पनि युद्धको ऐलान दिँदै कोरोना भाइरस कोभीड १९ले उग्र रूप लिँदै थियो । सारा प्रकृति उही र उस्तै गतिमा चलिरहेको थियो । मात्र मान्छे घररूपी सुन्दर जेलमा बन्द थियो । सडकमा चहलपहल मन्द थियो । लकडाउनको शून्यता चारैतिर नाचिरहेकै थियो । ठिक त्यही समयमा कुसुमपुरीको भीमसेन टोलमा एउटा घरको अर्ध खुला सटरभित्र एक जोडी गौँथली भित्रिन्छ ।

BSNirab

कोभीड युद्ध

जप्दै अहिंसा अब बुद्ध मान्छे
लड्दैछ तेस्रो नव युद्ध मान्छे
न शस्त्र अस्त्रै न त बारुतै छ
विषाणु लड्ने पथ मारुतै छ ।।१।।

मारेर हाँसो डरको कजाइँ
पारेर पाशो यमको रजाइँ
विषाणु त्यो को भीड नाच हेर
नाच्दैछ सिङ्गो जग–मा–र–मेर ।।२।।