Skip to content

तीन मुक्तक (नेपाली जनताको नियति)


१) नेपाली जनताको नियति

भोको पेट बन्द छ मुख आय गुमाएसी
पत्ता लाग्छ कोरोनाको काय गुमाएसी
सर्कार काँछ यता जन्ता रोगभोक, शोकले
कोठा भित्रै मर्न बाध्य उपाय गुमाएसी

२) नेपालको वर्तमान अवस्था

बेरोजगारी बढ्यो अर्थ थला पार्दैछ
छिमेकीले आमामाथि आँखा सार्दै छ
सलहले बालीनाली कोरोनाले जन
सखाप पार्दा सर्कार किन माखा मार्दैछ

३) नेपालका छिमेकी

रोटीसँग बेटी कहिले कहिले मीऽऽठो पानी
धन दिएर यौवन लुट्न खोज्छ तानीतानी
छिमेकीकै घरको आगो ताप्दा छिमेकीले
चुपचाप बस्छ कुन् छिमेकी मुखमा ताला हानी

बी एस नीरव
फेलेवास –७, पर्वत

Leave a Reply

Your email address will not be published. Required fields are marked *