Skip to content

सन्दीप आचार्य

जिउदो शरीर गलेर बचेको अवशेष लाग्छ

स्वार्थभरी मिठा कुरा सुन्न बेस लाग्छ।
 अवस्य नै कुनैदीन मुटुमा ठेस लाग्छ।।

चुसीएर रुपरंग,औ चित्य लोप भए पश्चात,
जिउदो शरीर गलेर बचेको अवशेस लाग्छ।।

असहीय घातको पर्छ यस्तो चोटीलो असर ,
बचाउन दिएको ओखती पनी चरेस लाग्छ।।

दुनीयानै त्यागेर पर्लोक सर्ने दिन गन्दै,
दुख भरीएको जिवन जिउन हरेस लाग्छ।।

सन्दिप आचार्य
नवलपरासी

सुन्दर मुहार वाली

आमाले वाबु आज मन्दीर लैजाउन भन्दा कलेज
जानुछ भन्दै बेवास्ता गरेर हिडेको छोरो
कुनै सुन्दर मुहार वालीको
इसारामा गन्तब्य भुलीदीन्छ ,
अनी भन्छ
“अरे मत अतभुत प्रेममा छु ”

#लघुकथा

किसान हो उ खोज्दैन कसैको छहारी

जिबन आफै चलाउन बोक्छ आफै भारी,
किसानहो छ संन्तुुष्ट खोज्दैन कसैको छहारी!

किसानीनै जिवन जिउने आधार उ ठान्छ
कठीन चुनौतीमा पनी बढछ अघी नहारी!

परिश्रम गर्न हरदम तत्पर संयमी हुन्छ,
निस्वार्थी छ मेहनत गर्छ भर्छ आफ्नै भकारी!

सन्दीप आचार्य
नवलपरासी

जथाभाबी खेलीने मायाको खेल रैछ

जथाभाबी खेलीने मायाको खेल रैछ
सपनाको घर उजाडनेे बर्षाको भेल रैछ

झुटो रैछ आभास भइ तैरीन खोज्दा
झनझन भित्र तान्ने समुन्द्री छाल रैछ

संसारै तिमी भन्नेहरु क्षणमै बदलीन्छन
आत्माको मेल हैन तनको मेल रैछ

एक हैन दुइचारलाइ एकैसाथ लठ्याउने
स्वार्थ पुरा गर्ने अनौठो जालझेल रैछ!

सन्दीप आचार्य
नवलपरासी

बाँकी अब रहेन केही

बाँकी अब रहेन केही मरिसक्यो आश,
मायाको यो कुटाइमा भएँ जिउदो लास!

कोमल पुकार गरेकोथे थिएन कुनै सर्त
उस्को दिल्मा मागेकोथे आजीवन बास!

काल बनी आयौ

गजल

साच्चै आयौ,तीमी तर मचाल बनेर आयौ,
लछापत्र च्यातीयको पाल बनेरआयौ!

निर्णय लिन कठीन भो तिम्रो आगमनले,
हरेक यी कदमहरुको पर्खाल बनेर आयौ!

जिन्दगीका सारा सपना भय छताछुल,
जब तिमी समुन्द्री छाल बनेर आयौ !

कटीरहेका हरेक पल आश्च्र्यजनक भय,
जिउन मुस्कील पारीदीने,काल बनेर आयौ!

सन्दीप,आचार्य
नवलपरासी

आँखाभरी आसुको ताल

आँखाभरी आँसुको ‘ताल’ बन्दैछ
कल्पनाको महल पनि ‘पाल’ बन्दैछ

जिवन को आधार रोजेको थे उसैलाइ
घात को चोटले मुटु यो” खाल “बन्दैछ

घरी घरी झस्काउछ अतितको यादले
अनियन्त्रीत यादहरुको ‘मिसाल’ बन्दैछ