गणेशमान सिंहको नेपालभाषा प्रेम र त्यसको विकासमा उहाँको महान् देन
वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनका उज्ज्वल नक्षत्र गणेशमान सिंह श्रेष्ठ नेपालका शीर्षस्थ राजनीतिक व्यक्तित्वमध्ये एकको रूपमा विश्व-प्रसिद्ध हुनुहुन्छ तर उहाको मातृभाषाप्रति अगाध प्रेम र त्यस भाषा (नेपाल भाषा) र त्यसको साहित्यको विकासमा उहाले दिनुभएको महान् योगदानबारे धेरैलाई थाहा नभएकाले त्यस पक्षलाई स्पष्ट पार्ने केही घटनाहरू स्मरण गरेको छु ।
