वि.सं. २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली जनताको प्रजातान्त्रिक आन्दोलनका उज्ज्वल नक्षत्र गणेशमान सिंह श्रेष्ठ नेपालका शीर्षस्थ राजनीतिक व्यक्तित्वमध्ये एकको रूपमा विश्व-प्रसिद्ध हुनुहुन्छ तर उहाको मातृभाषाप्रति अगाध प्रेम र त्यस भाषा (नेपाल भाषा) र त्यसको साहित्यको विकासमा उहाले दिनुभएको महान् योगदानबारे धेरैलाई थाहा नभएकाले त्यस पक्षलाई स्पष्ट पार्ने केही घटनाहरू स्मरण गरेको छु ।
पहिलो कुरा, नेपालभाषा र नेपाली भाषाका एक प्रसिद्ध कहानीकार पूर्णदास श्रेष्ठले मलाई भन्नुभएको कुरा । पूर्णदासको अन्तिम समयतिर उहा बिरामी हुनुहुदा भेट्न जादा उहाले नै मलाई बताउनुभएको थियो- ‘सहिद गङ्गालाल श्रेष्ठले नेपालभाषामा केही कहानीहरू लेख्नुभएको थियो ।’ सहिद गङ्गालालको मातृभाषा नेपालभाषा भए पनि उहाा धेरैजसो नेपाली भाषा बोल्नुहुन्थ्यो, त्यसैले उहााले नेपालभाषामा लेख्नुभएको कुरा मानिसहरूले अनुमान नै गर्दैनन् । पूर्णदासले बताउनुभए अनुसार, १९९७ सालको काण्डमा उहाा गिरˆतार हुनलाग्दा गङ्गालालले उहााले लेख्नुभएका कथाहरू पूर्णदासलाई दिनुभएको थियो, सायद सुरक्षित राख्न वा उहााले लेख्नुभएका कथाहरूमा आवश्यक सुधार गरिदिन । कारण जेसुकै होस्, त्यस बेलाको राजनीतिक परिस्थितिले गर्दा पूर्णदासले सहिद गङ्गालालका ती रचनाहरू सुरक्षित राख्न सक्नुभएन, पूर्णदास स्वयं नै देश छोडेर भारतको मुम्बईमा राणाकालभरि बस्नुभयो । महान् सहिद गङ्गालालका नेपालभाषाका रचनाहरू आज हामीसित छैनन् तर पूर्णदासले भन्नुभएअनुसार, नेपालीमा बोल्ने र नेपालीमा मात्र लेखिरहेका गड्ढालालले आˆना घनिष्ठ मित्र गणेशमान सिंहको आग्रह अनुसार सकीनसकी आˆनो मातृभाषामा लेख्नुभएको रहेछ, सहिद गङ्गालाल श्रेष्ठले ।
गणेशमान आफंैाले नेपालभाषामा साहित्यिक रचनाहरू लेख्नुभएको थाहा नभए पनि नेपालभाषाका लेखकहरूलाई प्रेरणा दिने मात्र होइन, बारम्बार घच्घच्याएर साहित्यिक क्षेत्रमा प्रवेश गराएका अनगिन्ती घटनाहरू छन् । सबभन्दा उल्लेखनीय उदाहरण राणाकालीन जेलभित्रको नेपालभाषाको साहित्यको सिर्जनालाई लिन सकिन्छ । नेपालभाषाको साहित्यको इतिहासमा राणाकालीन जेलभित्रको साहित्यिक गतिविधिलाई निकै महत्त्व दिएर समालोचकहरूले नेपालभाषा साहित्यको इतिहासमा काल विभाजनमा ‘जेलकाल’ भन्ने नामकरण गरी त्यस अवधिलाई सिर्जनाको दृष्टिले नेपालभाषा साहित्यको निकै ठूलो प्रगतिको अवधि भनी मानेका छन् । जेल युगका साहित्यकारहरू खासगरी कविहरूको योगदानको चर्चा गरिन्छ, तर त्यस युगको नेपालभाषा साहित्यको सिर्जनामा गणेशमानको योगदानको चर्चा नहुनु मेेरो विचारमा कि त उहाामाथि ठूलो अन्याय हो वा इतिहासको अज्ञान ।
वि.सं १९९७ को काण्डमा राणा शासकहरूले प्रजातान्त्रिक आन्दोलन सञ्चालन गरेको संस्था प्रजा परिषद्का कार्यकर्ताहरूलाई दमन गरेको बेला प्रजा परिषद्साग केही सम्बन्ध नभएका कैयौं सचेत नागरिकहरूलाई पनि समाती थुनेका थिए । कतिलाई त आजीवन काराबाससम्म पनि दिएइको थियो । त्यसबेला जेलभित्र के काम गरी समय बिताउने भनी कुरा चल्दा नेपाल प्रजापरिषद्को कार्य समितिको सदस्यको अभियोगमा आजीवन कैदको सजाय पाएका गणेशमानले नेपालभाषाका लेखकहरूले राणाले दिएको कैदको अवधिलाई आˆनो मातृभाषाको सेवा अर्थात् नेपालभाषाको साहित्य सिर्जनाको अवधिमा परिणत गर्नु उचित हुन्छ भन्ने सुझाव दिनुभयो । त्यसबेला ‘नेवारीमा कविता लेखेको’ लाई नै अपराधमा गनी कैद सजाय दिइएका नेपालभाषाका तीनजना कवि पनि थिए । फत्तेबहादुर सिंहलाई सर्वस्वहरणसहित जन्मकैद, सिद्धिचरण श्रेष्ठलाई १८ वर्ष कैद र चित्तधर ‘हृदय’ लाई १२ वर्ष कैदको सजाय सुनाइएको थियो । ती तीनजना त नेपालभाषामा लेखेबापत नै जेल परे, ती बाहेक अरू राजनीतिक गतिविधिको कारण जेल परेकाहरूमध्ये केही साहित्यकार पनि थिए । त्यस्ता साहित्यिक प्रतिभा भएका नेपाल भाषाभाषी व्यक्तिहरूलाई आˆनो मातृभाषामा साहित्य सिर्जना गर्न गणेशमानले बारम्बार आग्रह गरिरहनु हुन्थ्यो । फत्तेबहादुर सिंह, सिद्धिचरण श्रेष्ठ र चित्तधर ‘हृदय’ त पहिलेदेखि नै नेपालभाषाका लेखक थिए, पूर्णनारायण प्रधान -फाासीको सजायबाट माफी पाएर जन्मकैदको फैसला सुनाइएका व्यक्ति) जेल पर्नुभन्दा पहिले यदाकदा नेपालभाषामा कविता लेख्नुहुन्थ्यो । उहााहरु चारजनाबाहेक अरू दुईजना व्यक्ति हरिकृष्ण श्रेष्ठ -प्रजा परिषद्को कार्य समितिको सदस्यको अभियोगमा जन्मकैदको सजाय सुनाइएका व्यक्ति) र
केदारमान व्यथित -राजनीतिक अभियोगमा १२ वर्षको कैद सजाय सुनाइएका व्यक्ति) पनि गणेशमानको आग्रहमा नेपालभाषाको साहित्य सिर्जनामा समर्पित भए ।
जेल अवधिमा निश्चित समय समयमा साहित्य सम्मेलनको आयोजना गर्ने र लेखकहरुलाई समात्दै लेख्न लगाई सम्मेलनमा रचना पाठ गराउने काम गणेशमानले गर्नुहुन्थ्यो । नेपालभाषा साहित्य सिर्जनामा एउटा ऐतिहासिक घटना त्यसबेला भएको थियो, त्यसको स्मरण यहाा गरौं । त्यस घटनाका पात्रहरू सबैको निधन भइसकेकाले र एउटा महत्त्वपूर्ण ऐतिहासिक घटना भएकाले यहाा उल्लेख गर्नु अनुचित होला जस्तो लाग्दैन । त्यो के थियो भने, यस्तै एउटा ‘कवि सम्मेलन’ मा केदारमान व्यथितले नेपालभाषामा केही कविता सुनाउनुभयो । कविता ‘निकै राम्रो’ भनी सबैले तारिफ गरेपछि केदारमानले अकस्मात सोध्नुभयो ‘मेरा यी नेवारी कविताहरू सिद्धिचरणजीका कविताहरूभन्दा राम्रो वा नराम्रा कस्ता छन् ?’ सबैले ‘तपाइाको र सिद्धिचरणजीका कविताहरूमा आ-आˆना विशेषता छन्, कसरी तुलना गर्न सकिन्छ र’ मात्र भनेे । एकदम खरो स्वभावका गणेशमानले भनिहाल्नु भएछ, ‘हेर, तपाइाले काव्य साधनामा सिद्धिचरणको स्तरमा पुग्नु यो, जुनीमा त के अर्को जुनीमा पनि पुग्न सक्नुहुादैन ।’
यो टिप्पणी सुनेर आवेशमा आई तुरुन्तै आफूले पाठ गरेका सबै कविता च्यातचुत पार्नुभयो र अझ दौडेर गई कोठामा रहेका आफूले नेपालभाषामा लेखेका कविताहरू सब जलाइदिनुभएछ । आˆनो भाषाका त्यतिका सिर्जनाहरू नष्ट भएकोमा मर्माहत हुनुभएका चित्तधर ‘हृदय’ ले कोहीसाग नबोली केही नखाई पूरै अनशन बस्नुभयो । कैयौं साथीहरूले उहाालाई खान आग्रह गर्दा पनि दुई दिनसम्म पनि उहााले केही खानुभएन । त्यसपछि गणेशमानले केदारमानलाई भन्नुभयो, ‘तपाईंले गर्दा चित्तधरज्यूलाई यति चोट लाग्यो । तपाइाले नै उहाालाई खान आग्रह गर्नुपर्यो । अब जे हुनु भइहाल्यो । अब म जीवनभर नेपालभाषाको साहित्य सिर्जनामा समर्पित हुन्छु, तपाइाले यो अनशनको हठ छोड्नुहोस्’ भनी उहाालाई सम्झाउनु होस् ।’ गणेशमानको सुझाव अनुसार केदारमानले चित्तधरलाई यो प्रतिज्ञा गराउनुभएपछि उहााले खाना खानुभयो । र, आˆनो प्रतिज्ञा अनुसार केदारमान व्यथित जीवनभर नेपालभाषाको काव्य-सिर्जनामा समर्पित हुनुभयो । यो एक प्रकारले दुःखद घटनाबाट सुखद नतिजा निस्क्यो, नेपालभाषा साहित्यले केदारमान ‘व्यथित’ जस्तो एक उत्कृष्ट कवि प्राप्त गर्यो । यसको श्रेय केदारमान, चित्तधरका साथै गणेशमानलाई पनि नदिई हुन्न ।
यो लेखलाई अन्त्य गर्न अर्को एउटा ऐतिहासिक घटना उल्लेख गरौं । माथि भनेझैं गणेशमानमा स्वयं नै नेपालभाषाको साहित्य सिर्जनामा लाग्न नसके पनि आˆनो मातृभाषा नेपालभाषाप्रति प्रेम र त्यसको विकासमा समर्पित हुने दृढ सङ्कल्प थियो । २००७ सालको परिवर्तनपछि उहाा राणा-काङ्ग्रेस संयुक्त सरकारमा नौ महिना र त्यसपछि मातृकाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा नेपाली काङ्ग्रेसको सरकारमा मन्त्री रहनुभएको थियो । त्यसबेलाको सङ्क्रमणकालको सरकारको मन्त्रीको व्यस्त हुनुपर्ने राजनीतिक अभिभारा छादाछादै उहााले आˆनो भाषाको लागि एउटा अतुलनीय कार्य गर्नुभएको थियो । त्यसबेला नेपालभाषाका लेखकहरूको लेखनीमा व्याकरणको र शब्दको हिज्जेमा एकरूपता थिएन । हुन त त्यसबेला जति नभए पनि अहिले पनि यो भिन्नता बााकी छ । नेपालभाषाका लेखकहरूको लेखनीमा एकरूपता ल्याउने प्रयासमा उहााले आˆनो पहलमा देशभरिका नेपालभाषाका लेखकहरूलाई राजधानीमा बोलाउनुभयो । तीन दिनसम्म एकै ठाउामा बसी लगातार छलफल गर्न बस्ने खाने व्यवस्थाका लागि उहाा आफैा पनि चन्दा सङ्कलन अभियानमा सरिक हुनुभयो र लेखकहरूको तीन दिनसम्मको सम्मेलनमा उहाा पनि साथै बसी सहभागीहरूलाई ठूलो प्रेरणा दिनुभयो । सम्मेलनले भाषामा एकरूपता ल्याउन नसके पनि एकले अर्कोको धारणा बुझ्न त्यो सम्मेलन लेखकहरूका लागि निकै सहायक सिद्ध भयो । कैयौं वर्षपछि प्रेमबहादुर कंसाकारको पहलकदमीमा धसाफसा संस्थाले व्याकरणमा एकरूपता ल्याउन गरेको सम्मेलनभन्दा धेरै पहिले २००८ सालमा त्यो सम्मेलन काठमाडौंको छेत्रपाटीको एउटा ठूलो घरमा गरिएको थियो । सम्मेलनको उपलब्धि कति छ भन्ने कुरा एकातिर सारी विचार गर्दा त्यस घटनालाई गणेशमान सिंहको नेपालभाषाप्रति अगाध प्रेम र आˆनो जातीय भाषाको विकासमा समर्पित हुने दृढ सङ्कल्पको अकाट्य प्रमाणको रूपमा लिन सकिन्छ ।
पछि पञ्चायतकालमा नेपालभाषामाथि सरकारद्वारा कठोर दमन चलाइएको बेला आˆनो भाषिक सांस्कृतिक अधिकार भन्नु जातीय प्रजातान्त्रिक अधिकारको अभिन्न अड्ढ हो भन्ने कुरा महसुस गरी नेपालभाषाका साहित्यकार र भाषाप्रेमीहरूले भाषिक अधिकारका लागि सङ्घर्ष चलाइरहेको बेला गणेशमानले ती सङ्घर्षरत मानिसहरूलाई ‘प्रजातन्त्रको मुख्य सार नै समानता हो, तसर्थ प्रजातन्त्रको पुनस्र्थापना भएपछि देशका सबै जातिका जनताको धार्मिक, भाषिक, सांस्कृतिक सबै क्षेत्रमा स्वतः समान अधिकार प्राप्त हुन्छ, तसर्थ तपाइाहरूले भाषिक सङ्घर्षमा लाग्नुको सट्टा पञ्चायती व्यवस्थालाई फालेर बहुदलीय संसदीय व्यवस्था स्थापनाको लागि सङ्घर्ष गर्नुहोस्’ भन्ने गर्नुहुन्थ्यो । पछि २०४६ सालमा पञ्चायतको पतन भई बहुदलीय संसदीय व्यवस्था स्थापना हुादा पनि विभिन्न आदिवासी जनजाति, दलित, मधेसी र धार्मिक अल्पसङ्ख्यक जनतामाथिको भेदभाव कायमै रहेको अनुभवले गणेशमानको भनाइप्रति असहमति हुने आधार प्रशस्त रहे पनि एउटा कुरा निर्विवाद छ, त्यो के हो भने गणेशमान देशका सबै जाति जनजातिका जनताको भाषिक, सांस्कृतिक र धार्मिक समान अधिकारको कुरामा दृढ विश्वास राख्नुहुन्थ्यो । सीमान्तीकृत, उत्पीडित र अपहेलित जनताको मुक्तिका सच्चा समर्थक हुनुहुन्थ्यो ।
