१)
म त सोझो मान्छे अरुको भलो चिताइरहे
भविष्यलाई ख्याल गरिन वर्तमानमा रमाइरहे
तर हुदा रैछन यहाँ पछाडिबाट खुट्टा तान्नेहरू
जति तान्छौ तान खुट्टा मेरो जिन्दगी संघर्षमा बिताइरहे
दिनहरू बित्दै गर्दा, गएसाथहरू सेलाउँदै
महिनाहरू बित्दै गर्दा, गए यादहरू सेलाउँदै
दिन पछि महिना, महिनापछि वर्ष क्रमश
वर्षौपछि त गए ती मिलेका हातहरू सेलाउँदै