Skip to content


घरमा मिल्न सके आउछ शान्ति
नरोज्नु है कहिले झगडाको क्रान्ति
नसुन्नु एक-अर्काको कुरा गाउँ घरमा
सधैं बस्नु जहिले नि सत्यको भरमा

घर छोडी हिड्दा मनमा पीडा
जहिले नि रिसलाई राख्नु टाढा
कोही बन्नु आगो कोही बन्नु पानी
आगै आगो बने हुन्छ जीवन खरानी

हेर्दैनन् कसैले बस्दा एकान्तमा
नकाट्नु है कहिले कुरा छिमेक र आफन्तमा
एक आपसमा मिली बस्नु कर्तव्य हाम्रो
अनि दिन दिनै हुँदै जान्छ छिमेकीमा राम्रो

एल. बि मगर (सबिन)
चिसंखुगडि ओखलढुंगा

2 thoughts on “घर र छिमेकी”

  1. छन्द कविता यसलाइ भनेकाे भए
    छन्द कविता यसलाइ भनेकाे भए हुने । याे ता लाेकलयमा वा सवाइलयमा पाे छ त भाइ । सवाइ कविता भन्नुहोस् है ।

    1. okhaldhungeyatra@gmail.com

      सल्लाह र सुझाबको लागि धन्यवाद
      सल्लाह र सुझाबको लागि धन्यवाद सर

Leave a Reply

Your email address will not be published. Required fields are marked *