Skip to content
SabinMagar


बगैचामा फूल फक्रि झरी दियो बाँकीरह्यो काँडा
सुम्पि दिए यो ज्यान तिम्रो निम्ति नसोच्नु है टाढा

डर लाग्छ कहिले कहीं, यो मनसँग त्यो मन जुध्दा
अहिले त यस्तो छौ सानु कस्तो होलिउ पछिसँगै हुदा

चोखो माया गरी गए सानु गल्ती भए माफ गर्नु
माया गर्दा झल्को आउछ दिन रात म कसरी बाचू

ज्यानको बाजी लाउने गर्छन माया गर्नेहरू
प्रेम जालमा धोका खादा हुन्छन धेरै मर्नेहरू

हाम्रो माया सफल पार्न हामी दुई लागि परौ
यदि मिल्छ भने छिट्टै गरी घरबार बसाल्न अघि सरौ

तिमी पर्यौ पूर्व पहाड म पश्चिम सहर
जोस जागर यो उमेरमा बढ्दै गयो रहर

रात ढल्दै गयो हुन लाग्यो बिहानी
मनमा चोट लाग्दा मात्र आउदो रैछ कहानी

एल. बि मगर (सबिन )

चिसंखुगडी-३,ओखलढुंगा

Leave a Reply

Your email address will not be published. Required fields are marked *