Skip to content

विष्णु प्रसाद भुर्तेल

“”अन्तिम गन्तव्य””

हेर बुढ़ी एउटा छोरा त चाहिन्छ होला!
बुढाले आफ्नी अर्धांगिनी सँग गुनासो पोख्दै थियो।
ह्या म त अब सक्दिन बुढा एउटी छोरी एघार वर्ष पुगी सकि यस बीचमा हामीले
तीन ओटा गर्भपात गरायौं।
म पनि त मान्छे हो मैले कति सहन सक्नु? आफ्नै कोख मा भैरहेको भ्रूणहत्याले
मलाई पोलिरहेको छ। बरु हजुर अर्को विवाह गरिस्यो।
श्रीमती को क़ुरा सुनेर आत्मग्लानि का साथ पुर्लुक्क बुढ़ी लाई हेर्दै थियो।
दुबैजना का आँखा चिसीएका थिए। एक्छिन वातावरण मा सन्नाटा छायो।
तट पश्चात निन्याउँरो पारामा बुढा ले पुनः जिज्ञासा राख्यो।
“शान्ति” म तिमीलाई छोडेर अरु सँग विहे गरुँ यो त हुनै सक्दैन तर एउटा अर्को विकल्प छ।

UniCamera_20180202111900

साथि

सँधै साथ देऊ, हिया मा बसेर।
न भै निष्ठुरी त्यो, कलेजा डसेर।
हुनै पर्छ साथी, सुदामा र कृष्ण।
र अर्की दिवानी,छ मीरा र कृष्ण।।१।।

कसोरी भनौं खै,तिमी पास आयौ।
र यो मित्रताको, ऋणी जो बनायौ।
म रोएँ भनेनी, तिमी आँशु पुस्छौ।
अनौठो छ नाता, सँधै साथ हुन्छौ।।२।।

दुखेको पिडामा, भयौ ओखती जो।
बनेछौ सँधै याँ, मिठो औषधी जो।
तिमी सारथी हौ, सहारा तिमीनै।
असाद्धै छ माया, प्रियात्मा तिमीनै।।३।।

ति हाम्रा हजारौं,मिठा याद प्यारो।
न तिर्खा न भोकै, यही साथ प्यारो।
बिरानो न होऊ, कहिल्यै म बाट।
खुशी पाउने छौ, जहिल्यै म बाट।।४।।

पिङ्गल छन्द :- भुजङ्गप्रायत