Skip to content

महल छैन छत् मा, छानो थिएन।


महल छैन छत् मा, छानो थिएन।
म सँग साँझ खाने, दानो थिएन।

सहन शक्ति धेरै, राखेर बाँचें,
हृदय को दुखाई, सानो थिएन।

प्रकृतिले सबै को, इच्छा पुरायो,
म सँग खै मुलाको, चानो थिएन।

सफल बन्न शिक्षा, चाहिन्छ धेरै,
असल ज्ञान मिल्ने ,पानो थिएन।

छ शुभ कार्य धेरै,यै ‘विष्णु’ लाई,
नजर लाग्छ कोही,कानो थिएन।
✍Vishnu Bhurtel

छन्द – कोक्थाङ
सूत्र – III SIS SSS ISS
गण – न र म य
विश्राम – ७ अक्षर मा विश्राम

Leave a Reply

Your email address will not be published. Required fields are marked *