Skip to content
UniCamera_20180202111900

सँधै साथ देऊ, हिया मा बसेर।
न भै निष्ठुरी त्यो, कलेजा डसेर।
हुनै पर्छ साथी, सुदामा र कृष्ण।
र अर्की दिवानी,छ मीरा र कृष्ण।।१।।

कसोरी भनौं खै,तिमी पास आयौ।
र यो मित्रताको, ऋणी जो बनायौ।
म रोएँ भनेनी, तिमी आँशु पुस्छौ।
अनौठो छ नाता, सँधै साथ हुन्छौ।।२।।

दुखेको पिडामा, भयौ ओखती जो।
बनेछौ सँधै याँ, मिठो औषधी जो।
तिमी सारथी हौ, सहारा तिमीनै।
असाद्धै छ माया, प्रियात्मा तिमीनै।।३।।

ति हाम्रा हजारौं,मिठा याद प्यारो।
न तिर्खा न भोकै, यही साथ प्यारो।
बिरानो न होऊ, कहिल्यै म बाट।
खुशी पाउने छौ, जहिल्यै म बाट।।४।।

पिङ्गल छन्द :- भुजङ्गप्रायत
सूत्र :- ISS ISS ISS ISS
गण :- य य य य
विश्राम :- ६ अक्षरमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *