छाती भित्र चल्ने सास छ जिन्दगी।
झ्याप्पै रोकिएमा लाश छ जिन्दगी।
केमा स्वाद होला? भेटिन खै कतै,
पानीले न बुझ्ने प्यास छ जिन्दगी।
जस्लाई सजाएँ यो मुटु को कुना,
त्यै नै जिन्दगीमा खास छ जिन्दगी।
खै! आफ्ना भनौंदा तर्कि गए सबै,
टाढैका ती मान्छे पास छ जिन्दगी।
थाहा हुन्न कैल्यै जीवन को लिला,
कैलेसम्म हाम्रो बास छ जिन्दगी।
सामन्ती मलाई च्याप्न नखोज्नु है,
प्रायःविष्णु आफ्नै दास छ जिन्दगी।
✍Vishnu Bhurtel
छन्द :- गौरीशंकर
सूत्र :- SSS ISS SII SIS
गण :- म य भ र
विश्राम:- ६ मा
