Skip to content

भुुवन त्रिपाठी

अदृश्य शत्रु

संसार विजय गरेँ भनेर
अन्तरिक्ष कब्जा गर्ने होडमा थियौ क्यारे ।
आज अदृश्य शुत्रसँग पराजित भएर
आफू मात्र होइन
मानव अस्तित्व माथि नै सङ्कट उत्पन्न गर्यौ क्यारे ।

Read More »अदृश्य शत्रु

जीवन-यात्रा

जिन्दगी यात्रा हो,
कहिले रहरमा हिँडिन्छ
कहिले कहरमा दौडिन्छ
सबैसबैलाई अरुको यात्रा
रोमाञ्चक लागिदिन्छ ।
यात्रा गर्नेलाई रोमाञ्चक
नलाग्न पनि सक्छ ।
साल-नालदेखि यात्रा सुरु भयो
ब्रह्मनालसम्म कसले साथ दिन्छ र !!

आउ साथी आउ…

आउ साथी आउ …
कामभन्दा भ्रष्टचार बढी गराऔँ ।
सरकारी कार्यालयलाई
भ्रष्टचारको अखडा बनाऔँ ।
मन्त्रालय र पार्टी कार्यालयलाई
सबैभन्दा मालदार कम्पनी बनाऔँ।