Skip to content

bhuwan.np

माटो बिरामी भयो

द्यौसीको लयमा मयूर वनमा नाची रहेको थियो
जान्छौ लाहुर खै अझै किन यही स्याउ फलेकै थियो
आफ्नै बादल बर्सिएर दिउँसो धर्ती रुझेको थियो
कोसी त्यो बिचरा बिहान किन खै बेच्नै परेको थियो ।

Read More »माटो बिरामी भयो

अदृश्य शत्रु

संसार विजय गरेँ भनेर
अन्तरिक्ष कब्जा गर्ने होडमा थियौ क्यारे ।
आज अदृश्य शुत्रसँग पराजित भएर
आफू मात्र होइन
मानव अस्तित्व माथि नै सङ्कट उत्पन्न गर्यौ क्यारे ।

Read More »अदृश्य शत्रु
TankaPrasadPokharelDeepak

टनक्क कमाइ

पहाडमा जन्मे हुर्केको म प्रवेशिका उत्तीर्ण गरिसकेपछि मात्र उच्च शिक्षाको लागि शहर टेकेको हुँ। गाउँले जीवन घाँसदाउरा, मेलापात सबै गरेर पढ्नु पर्थ्यो। पढेका मानिसले धेरै कमाउँछन् भन्थे त्यसैले पढ्नु पर्छ भन्ने थियो। पढेलेखेको पृष्ठभूमि नभएर होला के पढ्ने, कसरी पढ्ने त्यति ज्ञान थिएन तर पैसा कमाउनलाई चाहिँ पढ्नै पर्छ भन्ने थियो ।

सानो छँदा दुईचार पैसाको पनि साह्रै महत्त्व । चार रुपैयाँमा एक पिलेट मटर र एउटा सेल रोटी पाइन्थ्यो ।

DileepDhakal

धुवाँ भरिएका काला बेलुनहरू

१.
हामी
अनवरत बगिरहने तरल नदीहरू
हामीलाई सिकाइएको छ
निरन्तर बग्नुपर्छ समुद्रतर्फ
रोकिनु हुन्न श्वमशान बगरहरूमा
हामीलाई थाहा छैन
के हुन्छ समुद्रमा पसेपछि
के हुन्छ नदी समुद्रमा समाधिस्त भएपछि

20200406_083950

कोरोना कहर

करोना कहर (१)

आधा लाखको हाराहारी मान्छे मारिसक्यो ।
कोरोनाले विश्वभरि सङ्कट पारिसक्यो ।।
नियन्त्रणका प्रयासहरू नभएका हैनन् ।
अझै पनि मानिसहरू ढुक्क भने छैनन् ।।

लकडाउन छ थुप्रै देशमा बढिरह्यो त्रास ।
गरिब दु: खी मानिसले कसको गर्नू आश ?
थुप्रै देशलाई ऋणको भारी बोकाएको किन ?
हजारौं जन खाइसक्दा नि भोकाएको किन ??

भ्याक्सिन बनाई यसलाई तह लगाउन पाए ।
रमाउथ्यो मन छिट्टै यसलाई भगाउन पाए ।।
कोरोनाको कहरबाट मुक्ति देऊ प्रभू ।
त्यसलाई नष्ट गर्न सही जुक्ति देऊ प्रभू ।।

GaneshSharma

चाहिँदैन मलाई

बघिनीको सिकारमा रमाउने हुइयाँहरू
रगत चुसेर बाँच्ने जुकाहरू
जो गर्दैनन् आफै शिकार
र बुझ्दैनन् श्रमको मूल्य
संवेदनामा विवेक गुमाउनेहरू
हुँदैनन् कहिल्यै मानवताका पुजारी
तिमी जतिसुकै उदार या एकलव्य बन

स्वप्निल चौतारी

फगत नबोलिएका शब्दहरू
भयावह जीवनको उत्तरार्द्धसँग
पौँठेजोरी खेल्न खोज्छन् ।

निमेषभरका सम्बन्धहरू
प्रत्येक पल खुकुरीका धारहरूमा
रेटिन खोज्छन्
क्रुर जिजीविषाका आत्माहरू
अवसानका इतिहास
कोरेर बस्छन्

जीवन-यात्रा

जिन्दगी यात्रा हो,
कहिले रहरमा हिँडिन्छ
कहिले कहरमा दौडिन्छ
सबैसबैलाई अरुको यात्रा
रोमाञ्चक लागिदिन्छ ।
यात्रा गर्नेलाई रोमाञ्चक
नलाग्न पनि सक्छ ।
साल-नालदेखि यात्रा सुरु भयो
ब्रह्मनालसम्म कसले साथ दिन्छ र !!

मगन्ते म

काठमाडौंको बसाइँ भनेपछि सधैंसधैंको हतार त हुने नै भयो । काठमाडौं खाल्डामा पढ्न होइन पढाउन कलेज धाउन थालेको पनि केही वर्ष भएको थियो । कोठाबाट कार्यक्षेत्रमा निस्कने गल्लीको केही पर गणेश मन्दिर थियो । प्राय: जसो दिन एउटा मगन्ते मन्दिरको छेउमा थोत्रो कपडा फिजाएर माग्न बस्थ्यो। ऊ पागल हो कि सद्धे हो कहिल्यै बुझ्ने फुर्सद भएन ।

त्यस टोलमा म बस्न थालेको पनि चार वर्ष भइसकेको थियो । उसले पहिलो दिनदेखि नै प्रत्येक दिन स्वागत र बिदाइ गरेकै थियो । भौतिक रूपमा अपाङ्ग नभए पनि मानसिक रूपमा त अपाङ्ग हुनैपर्छ किनकि बृद्ध अवस्था नहुँदै काम नगरेर मन्दिरको सहारा लिएर मागेर जीवन चलाउँदै थियो ।

आउ साथी आउ…

आउ साथी आउ …
कामभन्दा भ्रष्टचार बढी गराऔँ ।
सरकारी कार्यालयलाई
भ्रष्टचारको अखडा बनाऔँ ।
मन्त्रालय र पार्टी कार्यालयलाई
सबैभन्दा मालदार कम्पनी बनाऔँ।

सम्बन्ध


तिम्रो र मेरो कस्तो सम्बन्ध ?
तिमीले कहिल्यै आफ्नो ठानेनौँ ।
मैले कहिल्यै पराइ ठानिनँ ।
तिमीले जित्यो कि मैले हारेँ
कहिल्यै सोच्ने प्रयास गरिनँ ।

सानी !

जवानीको फूलबारीमा फूल टिप्न आइनौ सानी
आज ठेक्का उसलाई पर्यो फल टिप्न पाइनौ सानी

मनको चाह लुकाइलुकाइ आफूलाई नै ढाटिरह्यौ
लुकामारी चलिरह्यो प्रेम चुम्वन खाइनौ सानी

नेपालका नेता

जनता लड्ने सडकमा देश बचाउने तडपमा
मन्त्री बस्ने सत्तामा, देश बिगार्ने नशामा
चिन्ता छैन मन्त्रीलाई देश बिग्रेर गएमा
चिन्ता छैन जनता भोका नाङ्गा भएका

जीवन यात्रा

मालिकलाई के थाहा त्यो एक नोकरको कथा
बिरामी नोकर सेवा गरिरहन्छ
स्वस्थ मालिक बिरामी भइरहन्छ
परिश्रम ऊ गरिरहन्छ फलको आश कहीँ कतै बाँकी छ
अचानोलाई दुखिरहन्छ खुकुरी आफ्नो कर्म गरिरहन्छ

पाइला चालौँ

लक्ष्य ओझेल हुन नपाओस्, पाइला मिलाएर चालौँ
उद्देश्य आज पूरा नभए, भोलि पूरा गर्ने अठोट लिन थालौँ ।
छोडौँ लोभ धनसम्पत्तिको भोलि खालि हात जानु छ चिहान,
गरौँ काम मिहिनेत र परिश्रमले ल्याउनु छ नयाँ बिहान,
सीमाना आज डगमगाइरहेको छ देश भन्छसँगै पाइला चालौँ
उद्देश्य आज पूरा नभए, भोलि पूरा गर्ने अठोट लिन थालौँ ।

मेरो देश नेपाल

नेपाली मनको आलोक (प्यारो हाम्रो यो नेपाल)
बुद्धको देश, शान्तिको देश शिरमा हिमाल ।

नदी र नाला, झरना हेर विश्वको सुन्दर
वीरको देश भनी नचिन्ने हाम्लाई संसारमा को छ र ?