Skip to content

यादव दुलाल गाउँले

म हुँ परदेशी

गद्य कविता

म हुँ परदेशी

सानामा अामाका हातले
काे खाई काे खाई
मेराे नानी खाई गर्दा
खाना खाने
अनि अामाकाे न्यानाे काखमा
लोहरीकाे सुमधुर स्वर सुनेर
अानन्द मानि लुपुक्क निदाउने म
आज
म ठूलो भए पछि
तिनै ममतामयी अामाको
साथ छाेडेर टाढा
सात समुन्द्र पारि पुग्न बाध्ध भए

मलाइ थाहा छ मेरी आमाको दुःख
त्याग र सन्तान प्रतिको चोखो प्रेम
तिनै आमाको दुःख कष्टले
चाउरी परेकाे अनुहारमा
एक मुठ्ठी खुसी दिन सक्छु कि
अनि अाङमा एक सराे कपडा
दिन सक्छु कि भनी
म अामाबाट पर हुन बाध्य भए

म बिवश थिए गरिबीकाे बेराेजगारीकाे
त्यसैले त
घरबाट हजारौ कोश टाढा
बिरानो मुलुकको यात्रामा

सुन कहाँ छ?

छन्द:- उपजाति
प्रसङ्ग ३३ किलो सुनको।

लुकेछ साेना,कुन प्वाल भित्र।
जवाफ पाऊ! सरकार अाज।।
भुकेर मान्छे,न त हुन्छ महान।
छलेर सारा,कति जान्य खान।।१।।

लुकाछ साेना,कुन प्वाल भित्र।
चिन्ता र फिक्री,कति छैन अाज।।
ठग्दै छ सारा,दुनियाँ र धर्ती ।
मान्दैन पीरै,अब सुन्छ र अर्ती ?।।२।।

कुर्सी र सत्ता,अति धेर मोह।
सोझा र सादा,कति छन् बिजोग।।
कहाँ छ साेना,तर नाम गाेरे।
याे भागबण्डा,कति चल्छ काले।।३।।

छ चाल तिन्काे,लुटि मात्र खान।
बिचार बुद्धी,पतनै छ ज्ञान ।।
साेच्दैन राम्रो,जनको भलाई।
लेख्दैछु मार्का,कबिता बनाई।।४।।

यो देश हाम्राे,छ सधै महान।
जुटेर मात्रै,तब हुन्छ बिहान।।

प्रर्देशबाट आमालाई चिट्ठी

छन्द:-भुजङ्गप्रयात

प्रर्देशबाट आमालाई चिट्ठी

दशैकाे सुनाैलाे र न्यानाे घडीमा।
थियाे आउने कत्ति इच्छा घरैमा।।
नमिल्ने बिदा भाे र आमा दशैमा।
म लेख्दैछु चिट्ठी ल आमा दशैमा।।१।।

छु आमा म टाढा बिरानाे धरामा।
थियाे एक आशा भराेसा तिमीमा।
तिमी नै थियाै दुःखमा प्यार गर्ने।
भएकाे छु टाढा र माया नगर्ने।।२।।

बसेकाे छु साेच्दै पुराना दशै ती।
झझल्को बनी आउदैछन् झनै ती।।
पिराेल्दैछ आत्मा र दुःखी भएछु।
कता हाे कता हाे गए झै भएछु ।।३।।

न टीका न आशिष् यहाँ काे छ मेराे।
भएकाे छु एक्लाे सदा झै बिरानाे।।
भएका सबै बन्धु इष्टै र मित्र।
त्यतै छन् सबै एक साथै सचित्र।।४।।

आमाको सम्झना

छन्द:-शार्दूलविक्रीडित
आमाकाे सम्झना

अामाकाे ममता अपार छ यहाँ काे सक्छ है बिर्सन।
अामा हुन् धरणी बराबर छ काे प्याराे छ उन्काे मन।
अामाकाे गुणगान गर्छु मनले सम्झन्छु माया पनि।
अामा नै नभए छ जीवन कहाँ पाइन्न पाइन्न नि।।१।।

गर्छिन् प्यार बराबरी हृदयले सन्तानका खातिर।
भूल्ने छैन कसै गरी जगतले तिम्रा कथा आखिर।।
आमा जन्म दियौ बडाे रहरले भोगेर पीडाहरू।
तिम्रो त्याग सदैव उच्च छ यहाँ चाहिन्न केही अरू।।२।।

तिम्रो साथ भएर हो कि जननी हाँस्थे म उन्मादले।
मेरा कान समाइ भित्रि मनले दिन्थ्याै क्षमा प्यारले।।
आँखाबाट झरेर आँसु भल भै बग्थे नि भूस्वर्गमा ।

सत्ताकाे दम्भ

सत्ताकाे दम्भ छन्द:- उपजाति

छ देश प्याराे, मनमा बसेकाे।
लुटेर खाँदा, मन याे दुखेकाे।।
ती दुष्ट अाए, भिरि छद्म भेष।
बेचेर खाए, मनबाट देश।।१।।

सत्ता र भत्ता, मनमा छ ध्यान।
गर्दैन सेवा, गफमा छ सान ।।
बिकास के भाे, सब शून्य स्वाहा।
ठगेर मात्रै, कति खान्छ अाहा।।२।।

अाफन्त नाता, सब अासपासे।
च्यापेर काखी, गति मात्र फाले।।
भाेका र नाङ्गा, गरिबी छ ज्यादा।
हेर्दैन कैल्यै, कुदि हिड्छ टाढा।।३।।

बतास हावा, छ हुरी चलेकाे।

अरबमा

अहो! तातो हावा, सिरसिर चलेको अरबमा।
भए दुःखी सारा, मनहरु कठै यो अरबमा।।
जलेछन् ती सारा, मन र तन बल्दै सगरमा।
र राेई चिच्याई, हरपल सधै याे अरबमा।।१।।

अहाे! साहूका ती, गरम र कडा शब्द मनमा।
बनी भाला काँडा , हरपल यहाँ घाेच्छ मनमा।।
भिजेका यी नानी, नयनहरूका सागर बनी ।
र झर्छन् धर्तीमा, तपतप कठै यी जल बनी ।।२।।

थिए साना साना, टुकटुक हिडेका घर भरी।
रमेका ती प्यारा, सकल दिलले त्याे वरिपरी।।
हुँदा टाढा बाबा, हरपल अहाे त्याे छटपटी।
त्यहाँ मेराे काया, सकल नहुँदा रून्छन कति ।।३।।

थिए सारा प्यारा, मन र मुटुमा ती जन सबै।
बसेका ती हाँसी, मुसुमुसु परी झै खुसि सधै।।
तिनैका ती न्याना, शुभ बचन छन् भित्र दिलमा।
र लाखौं कष्टैमा, पनि हरघडी रम्छु मनमा।।४।।

यहाँकाे याे गर्मी, चिटचिट बगेकाे छ पसिना।
चटारो कामैकाे, डर छ कसरी पुग्छ सपना।।
घडीकाे काँटा झँ, टिकटिक सधै चल्छ दिन यी।
सहारा अाफ्नाे काे,छ बिरहि भयाे याे मन अति।।५।।

बिरानाे याे माटाे, रगत पसिनाले सब भिज्याे ।
कयाै अस्ताएछन् , सपुतहरू सारा खुसि बित्याे।।
सुनाैला ती अाशा,लतपत भएछन् अरबमा।
र यस्तै हाम्रा छन्, सुख दुख कथा याे अरबमा।।६।।

धन्यवाद।
यादव प्रसाद दुलाल “गाउँले”
इटहरी उपमहानगरपालिका
हाल युएइ