Skip to content

यादव दुलाल गाउँले

प्रतिभा र औचित्य

नमस्कार छ मेरो यो स्वीकार मित्र बान्धव
ऊर्जा मिल्छ सधैं प्रात संस्कारयुक्त मानव।।१।।
झुक्दछन् फलले हाँगा यो उसको हो महानता
हिलोमै फुल्छ बास्ना छ फूल कमल हो सदा।।२।।

फागुन

छाती दुख्छ र वेदना अति भयो सम्झेर यो फागुन
माञ्छे मार्न लिएर बन्दुक तिनी यात्रा गरेको दिन
कस्तो क्रान्ति थियो विनाश जनको माटो बन्यो रक्तिम
काँप्यो मानवता र हल्लिन पुग्यो यो सृष्टि नै हर्दम।।

एउटा जङ्गे चाहियो

ढुङ्गा पग्लिञ्छ होला खै तर माञ्छे नपग्लिने।
अर्काको भरमा बाँच्छ उहीँ झन् अँझ गर्जिने।।१।।
बाँडेर सपना फुस्रा बनायो मख्ख झञ्झन।
यौटा जङ्गे बनोस् छिट्टै हाम्रो देश बनाउन।।२।।

के याे गरेकाे भन?

हाँगा माथि बसेर फेद रूखकाे काट्नेहरू हाे सुन
कालाे हाे अथवा सफेद कुन हाे चिन्नै नचिन्ने सुन।
हाम्राे न्याय सुटुक्क बेखबर भाे खाेजे सबै ती कुना
लुट्छाै मात्र कि देश याे दिनदिनै या छन् कुनै याेजना?।।१।।

देशप्रेम

विशाल छाती हिम शैल हाँस्ने
मुनाल डाँफे वनभित्र नाँच्ने।
यहीँ छ रारा परिकल्पनाकाे
छ राष्ट्र मेराे मनमा बसेकाे।।१।।

गरा गरामा जब देख्छु माेती
हटेर चिन्ता अनि बल्छ ज्याेति।
सुगन्ध हाम्राे पर हाेस् पुगेकाे
छ राष्ट्र मेराे मनमा बसेकाे।।२।।

उज्यालाे

छन्द:-भुजङ्गप्रयात
शीर्षक:- उज्यालो
नयाँ जाेशका साथ काेही त आओस्।
तराई हुँदै देशका शैल छामाेस्।।
सबै भीर पाखाहरू हाँस्न पाऊन्।
सधै हर्षले राष्ट्रकाे गीत गाऊन्।।१।।
——————–
कुनै भित्र कुण्ठा भएमा हटाऔ।
म हाेइन् सबै हाै दिलैमा फुलाऔ।।
कतै कष्ट देखे फुलाेस् प्यार वृक्षा ।
बनाेस् एकताकाे सबैमा सदिच्छा।।२।।
———————-
सधै गर्नु अल्छी कहीँ हुन्न हुन्न।
गरे आँँट बाधा सबै हुन्छ छिन्न।।
जुटाैं देशव्यापी बनाेस् देश हाम्राे।
बने देश हाम्राे सबै हुन्छ राम्राे।।३।
——————-
मधेसी,पहाडी सबै एक हामी।
नकाेराैं कुनै चित्र,रेखा नजाती।।

बिदेश

बिदेश
छन्द : भुजङ्गप्रयात
स्वदेशी पनाकाे यहाँ छैन माटाे।
न पाइन्छ बास्ना स्वदेशी धराकाे।।
न फुल्छन् वनैमा सुनाैला गुराँस ।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।१।।

न डाडा न पाखा सबै देख्छु सादा।
न अाफ्नाे पना छन् सुसाएँ इरादा।।
न पानी न वर्षा सबैछन् निराश।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।२।।

न डाँफे रमेकाे न क्वैली रमेकाे।
जता हेर्छु देखे निराशा बढेकाे।
न पाइन्छ झर्ना न देखे हिमाल।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।३।।

छ ताताे असाध्यै सबै छन् गलेका।
न देखे कुनै खाद्य अन्नै फलेका।।
बढेका बढैछन् कयौंमा हताशा।
कहाँ हुन्छ नेपाल जस्ताे बिदेश।।४।।

हिमाली धरा झै यहाँ के छ हेर्ने।

चाहिन्न केही अरू

चाहिन्न केही अरू
छन्द:-शार्दूलविक्रीडित
भ्रस्टाचार नहोस् कतै मुलुकमा सेता बनुन् ती धन।
आफ्नै पाैरखले उठाेस् मुलुक याे यस्मै सदा हाेस् मन।।
हाम्राे गाैरव हाेस्,बनाेस् मुलुक याे संकल्प बाेकाै बरू।
हाम्राे देश बनाेस्,फुलाेस् सहजले चाहिन्न केही अरू।।
…………………………………………………………
भाेकाे पेट नहाेस् मनुष्यहरू काे खाली नराखाै गरा।
आफै सक्षम बन्नु पर्छ अब लाै के ताक्नु काेही सदा।।
माटाे मै छ अनन्य शक्ति खजना लागाै न यस्मै बरू।
हाम्राे देश बनाेस्,फुलाेस् सहजले चाहिन्न केही अरू।।
………………………………………………………..

माटो

माटो जीवन हो यहीँ महल छन् लाखौं यहीँ बस्दछन्।
माटो स्वर्ग समान दिव्य छ जहाँ मान्छे सधैं हाँस्दछन्।
माटोमै छ अनन्य शक्ति खजना सारा भए निर्भर।
माटोमै छ अमूल्य रत्न गहना फुल्छन् यहीँ जीवन।

जिन्दगानी

छन्द:-मालिनी
शीर्षक:-जिन्दगानी

अनवरत नदी झै बग्छ याे जिन्दगानी।
दुखसुख अनि यात्रा हाे सधै जिन्दगानी।।
छ लतपत मसीले केरकार् जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।१।।

कलकल जलकाे खाेला भयाे जिन्दगानी।
तप तप चुहिने थाेपा भयाे जिन्दगानी।।
चर चर गरि चर्केकाेछ याे जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।२।।

रनवन भरि फूल्ने फूल हाे जिन्दगानी।
गहभरि भरिएका अाँसु हाे जिन्दगानी।।
धिप धिप गरि बल्ने दीप हाे जिन्दगानी।
कुन दिन पलमा निभ्नेछ याे जिन्दगानी।।३।।

रसमय कविताकाे छन्द हाे जिन्दगानी।
सुरमय लयकाे सङ्गीत हाे जिन्दगानी।।
प्रियजन सबकाे सत्प्रेम हो जिन्दगानी।

जन्मभूमि सबकाे अब जागाै

जन्मभूमि सबकाे अब जागाै

स्वर्गकाे सकल झै घर हाम्रो।
शैलले भरिभराउ छ राम्रो।।
छन् कयाै हिम नदी अनि ताल।
जन्मभूमि सबकाे अब जाग।।१।।

फेर चित्त रिस राग नबाेकि ।
हेर देश सुख भाेग नहेरि।।
द्वेषका कण भए सब फालाै।
जन्मभूमि सबकाे अब जागाै।।२।।

रेतका बगरमा किन जाने?।
देशमै सँगसँगै बसि रम्ने।।
कर्मले प्रगतिका पथ राेजाै।
जन्मभूमि सबकाे अब जागाै।।३।।

व्यर्थ जीवन बन्याे रणभुल्ल।
दुःख संकट सधै अलमल्ल।।
शान्तिकाे मधुर दीप जलाअाै।
जन्मभूमि सबकाे अब जागाै।।४।।

वीरकाे रगतले सजिएकाे।
देशभक्त मनले छ फुलेकाे।।
छन् कयाै अगुण ती सब त्यागाै।
जन्मभूमि सबकाे अब जागाै।।५।।

मधुमेह

मधुमेह

लाग्छ राेग मधुमेह नजान्दा।
खानपान नबुझी सब खादा।।
नित्य जाे शुभ बिहान उठेर।
गर्छ याेग तब घट्छ खुलेर।।१।।

धेर इन्सुलिन भाे मधुमेह।
थाेर इन्सुलिन भाे मधुमेह।।
पेट डम्म झन भाे मधुमेह।
विश्व नै अब भयाे मधुमेह।।२।।

खानु हुन्न गुलियो सुन मित्र।
जिन्दगी छ रसिलाे बुझ भित्र।।
साग पात हरियाे तरकारी।
खानु पर्छ दिनहूँ सुन साथी ।।३।।

गल्छ देह अनि हुन्छ थकान।
नेत्र हुन्छ धमिलाे अब जान।।
गर्छ धेर मद पान यहाँ जाे।
भाेग्छ दुःख पिर राेग यहाँ त्याे।।४।।

प्राण घातक भयाे मधुमेह।
सुक्छ देह पल मै गरि छेद।।
राेग हाे रगतकाे मधुमेह।
छाेड त्याग न निका सब पेय।।५।।

प्रेम

प्रेम

प्रेम भनेको जीवन चक्र।
चल्छ सदा हाँस्दै रथ चक्र।।
हार नमानी दुःख र कष्ट।
घाम र पानी छ्ल्छ र बढ्छ।।१।।

आँसु र हाँसाेकाे पल याे हाे।
जीवन बाँच्ने एक कला हाे ।।
याे कविले लेख्ने कविता हाे।
याे मनले गर्ने रमिता हाे।।२।।

प्रेम बिनाको जीवन खस्रो।
हुन्छ सदा सुख्खा अनि फुस्रो।।
भाब बिनाको प्रेम छ फिक्का।
हुन्छ सदा खाेटाे रूप सिक्का।।३।।

मस्त भए काेही बुझि प्रेम।
ब्यस्त भए काेही गरि प्रेम।।
भोक र तिर्खा यी सब त्यागे।
प्रेम भनी आफ्नो मन मारे।।४।।

जीवनकाे याे हाे नव मार्ग।
खाेज्छ सधै प्याराे रस भाव।।
हाेस् सबमा न्यानाे अनुभूति ।
प्रेमिल भाका होस् सब सृष्टि।।५।।

दिदीकाे पुकार

बल्दैछन् झलमल्ल दीप घरमा मैले पुकारे तिमी।
आऊ भाइ छिटाे तिहार छ यहाँ हेर्दैछु बाटाे बसी।।
आँखा यी रसिला भएर म बसे साह्रै अँध्यारो भयाे।
मेरो यो मन भो अचेत अब ता याे देह थाक्दै गयाे।।१।।

चिन्न गाह्राे भयाे

शीर्षक:-चिन्न गाह्राे भयाे

यहाँ,
मान्छेले मान्छेलाई चिन्न गाह्राे छ
गल्ती गर्दछ आफै
बोझ अरुलाई पारेको छ
चारैतिर हाहाकार अनि अन्धकार छाएकाे छ
जनजीवन अस्त व्यस्त छ
महङ्गी,मूल्य बृद्वि, भ्रस्टचारी,अपराधी
दिनहुँ बढिरहेकाछन्
शासकहरू कानमा तेल हालेर
अनि अन्धाे बैराे भएर मस्त निन्द्रामा छन्
त्यसैले
यहाँ उज्यालोको ज्योति
कहिले आउने हो
भन्न गाह्राे छ।

झुटकाे खेति गर्नमा व्यस्त छन् यहाँ
सपना छन् गुलिया
हत्या हिंसा बलात्कार दिनहुँ हुन्छन्
अपराधी,बलात्कारीहरूले
संरक्षण पाउँदछन् अनि माफि पनि

यहाँ सरकार भन्दा शक्तिशाली छन्
उच्च अाेहदामा अासिन व्याक्तिहरू र अपराधीहरू

फर्केर आऊ कसरी?

छन्द – मन्दाक्रान्ता
शीर्षक:- फर्केर आऊ कसरी?

आफ्नै माटाे मलजल गरी स्वेद धारा बगाऊँ।
हाँसी हाँसी हरदिन बसी देश याे गुन्गुनाऊँ।।
फर्की आऊ र इलम गराै साेच गर्दै म आऊ।
मेराे इच्छा हरदिन हुन्छ खै कसाेरी म आऊ।।१।।

भाेका नाङ्गा गरिब निमुखा काम गर्दै यतै छन्
साहूका छन् ऋण तन भरी ब्याज बाेकी यतै छन्।।
छैनन् बाटा ऋण धन दिने देशमा छैन शान्ति।
फर्की आऊ त घर कसरी चल्छ भन्ने छ फिक्री।।२।।

हाम्रो राम्रो मुलुक जगमा भित्र खोक्रो बनाए।
देखा देखी नजर अघि नै स्वाद मानेर खाए।।
साह्राे गाह्राे जति दुख भए ता युवा ब्यस्त ऐले।
हज्जारौं छन् घर पर युवा आइ के काम ऐले।।३।।

पैसा सबथाेक हाेइन

छन्द कबिता
शीर्षक:-पैसा सबथोक हाेइन

हिरा र मोती अनि द्रब्य सारा।
बेकार ती छन् किन लाग्छ प्यारा।।
अासक्त मान्छे किन हुन्छ ज्यादा।
के साथ लान्छन् जब देह मर्दा।।१।।
——————–
दया र माया सब लुप्त पारे।
छोडेर सारा मनदेखि भागे।
सुकर्म छाेड्दा मन डुल्छअन्त।
रूखाे छ बाेली मन झन् अशान्त।।२।।
——=————–
पैसा र पैसा सपना त्यही छ।
न भाेक तिर्खा बिपना त्यही छ।।
कर्तव्य के हाे सब बिर्सि दिन्छन्।
र धर्म के हाे नबुझेर बस्छन्।।३।।
——————
चाहिन्छ पैसा तर धेर होइन्।
जाेडेर थुप्राे अब चाहिदैन।।
निर्वाह हाेस् जीवनका सुमार्ग।