छन्द:- उपजाति
प्रसङ्ग ३३ किलो सुनको।
लुकेछ साेना,कुन प्वाल भित्र।
जवाफ पाऊ! सरकार अाज।।
भुकेर मान्छे,न त हुन्छ महान।
छलेर सारा,कति जान्य खान।।१।।
लुकाछ साेना,कुन प्वाल भित्र।
चिन्ता र फिक्री,कति छैन अाज।।
ठग्दै छ सारा,दुनियाँ र धर्ती ।
मान्दैन पीरै,अब सुन्छ र अर्ती ?।।२।।
कुर्सी र सत्ता,अति धेर मोह।
सोझा र सादा,कति छन् बिजोग।।
कहाँ छ साेना,तर नाम गाेरे।
याे भागबण्डा,कति चल्छ काले।।३।।
छ चाल तिन्काे,लुटि मात्र खान।
बिचार बुद्धी,पतनै छ ज्ञान ।।
साेच्दैन राम्रो,जनको भलाई।
लेख्दैछु मार्का,कबिता बनाई।।४।।
यो देश हाम्राे,छ सधै महान।
जुटेर मात्रै,तब हुन्छ बिहान।।
अन्याय हाम्ले,कति मात्र सह्ने।।
ताकेर बाटाे, कति बेर बस्ने।।५।।
मिलेर यिन्ले,गरि भागबण्डा ।
बाँडेर खादा,किन बस्नु शान्त।।
देखेर अाँखा,पर हुन्छ जस्काे ।
हे न्याय दाता,गर न्याय यस्काे।।६।।
सङ्घर्ष गर्नै,अब पर्छ हाम्ले।
खाेजेर काला,परसम्म खेद्ने ।।
कुर्सी र सत्ता ,कति मात्र हेर्छाै।
गरीब बस्ती , पनि हेर्न सक्छौ ?।।७।।
सम्मान हाम्रो,छ सधै नडग्ने।
लाटाे र अन्धाे बनि कत्ति बस्ने।।
लुकेछ साेना,कुन प्वाल भित्र।
जवाफ पाऊ! सरकार अाज।।८।।
धन्यवाद।
२८ असाेज २०७५
यादव प्रसाद दुलाल “गाउँले”
इटहरी उपमहानगरपालिका
हाल युएइ
