Skip to content

भुपाल गुरागाइ

तिमिलाइ के भन्नू म

सम्बोधन तिमीलाई:
खै के भन्नू तिमीलाइ म ।अपरिपक्क भावको आलसतालस बोकेर हिड्न नि कति हिड्नु?खै मनमा मन मिल्ला भनेर कति बसौं ।नबसौ भन्दा नि नहुने के यो कुनै अखट्ट भन्दा कम छैन।हुन त भावमा अभाव नदेखिदो रहेछ।अभावको भाव फेरि कत्ती गहिरो?शुद्ध पानी मा देखिने सगर झै ।लाग्छ बोलि रहने प्रहर भए?फेरि कुनै पल फरक देख्छु।
अनि फेरि मनमा इन्द्रेणी लाग्छ।

शहर

लोभी नै लोभीको शहर। भोगी नै भोगी को शहर। गोजी नै गोजीको शहर। अनि खोजी नै खोजीको शहर पनि। लोभले आलस-तालस भएका यहाँका मान्छे भोग दिनका लागि भने आतुर छन। गोजीले शहर छाएको छ। शहरमा शहर झैं लाग्ने परिदृश्यको उपज पनि यही गोजीरहेछ। तर खोजी भने सबै लगभग बराबर छन। खोज्दा पाइने तत्व धेरै छन। तर खोजेर पत्ता लाग्न पनि त उत्ति नै होलान।