Skip to content

सम्बोधन तिमीलाई:
खै के भन्नू तिमीलाइ म ।अपरिपक्क भावको आलसतालस बोकेर हिड्न नि कति हिड्नु?खै मनमा मन मिल्ला भनेर कति बसौं ।नबसौ भन्दा नि नहुने के यो कुनै अखट्ट भन्दा कम छैन।हुन त भावमा अभाव नदेखिदो रहेछ।अभावको भाव फेरि कत्ती गहिरो?शुद्ध पानी मा देखिने सगर झै ।लाग्छ बोलि रहने प्रहर भए?फेरि कुनै पल फरक देख्छु।
अनि फेरि मनमा इन्द्रेणी लाग्छ।
सातै रङ्गमध्यको उज्यालो छान्न बसेको म कुनै नभेटि भौतारिएको बेला नया रङ्ग बनी तिमी आयौ।अब इन्द्रेणी मा नपाएको रङ्ग पाउँदा को पो नभुल्लिएला र!हुन त मलाइ लाग्छ वादविवाद तर्क र रिस कुनै नौला होइनन्।सबै मा छ ।सामना गर्ने मा भर पर्ला। सायद कुनै कुरा ले तिम्लाइ दुख्यो होला।कुनै भुल भए माफी माग्नु नै पर्छ। अब अरु त के भन्नू मनभारी भा छ ।मुटुमा भाव छ्ट्पटाइरहेको छ।दिनभर कति भवना आए।कति मनभरी अझैपनि छ्ट्पटाइरहेका छ्न।कसैको राम्रो हुन खोज्दा बाटो काट्ने त नजिककै हुदा रहेछ्न।उनिहरुकै कुरा काट्दै हिड्न नि भएन।एक समय त अवस्य आउँछ जुन दिन फेरि तिम्रो र मेरो मिलन हुनेछ।सबैको मानविय व्यहार सधै पूरा हुन्छ भन्नेमा म पुर्ण विस्वास गर्दछु।हुन त म तिमिलाइ धेरै रुचाउने मान्छे हु।कसैलाइ केही भन्ने तर्फ त म जान्न तर हामिले वास्तविकता भने खोज्न भुल्नु हुन्न।
तिमीलाइ जब सम्झने गर्छु त्यस बेला म मा नया सन्सार सुरु हुन्छ।सम्झन्छु म कुनै रङ्गमन्चमा छु ।नया नाट्क मन्चन भै रहेको छ।त्यस्मा मुख्य पात्र तिमि र म छौ।तर के गर्नु यी त सब काल्पनिक भए।कुनै सिनेमा सम्झन्छु अनि हिरोले गुन्डा माथी गरेको जित।कुनै लोभको खेती होइन।कुनै स्वार्थको खेती नि होइन ।यो त सब मन को विशुद्ध खेती हो।तिमिमा म जसरी बसे पनि त्यो मैले हटाउने बिषय होइन।
अन्त्यमा,यहाँ के सत्य छ भने तिमी प्रती मेरो गहिरो भाव जागेको छ।यो कुनै नाटकको रुपमा जान्छ भन्ने त मैले सोचेको नि छैन।अविस्वास माथीको विस्वास पनि जबर्जस्त हुदो रहेछ।लेखमा रचनामा अनि साहित्यमा त यो भेटेको थिए तर वास्तविक जिवनमा यो हुन पुग्यो।सोच्न खोज्छु अरु कुरा तर तिमी अगाडि आउछौ अनि म निशब्द हुन्छु।
।आशा भनेर नबुझ्नु यसलाइ।भरोसा पनि नसोच्नु।कसै प्रती म भावमा गएछु।पहिलो अभ्यास पनि भयो।यो भने बिचित्र छ कि मेरो अभ्यास को पात्र तिमी बन्यौ।
तिम्रै साथि

Leave a Reply

Your email address will not be published. Required fields are marked *