Skip to content


लोभी नै लोभीको शहर। भोगी नै भोगी को शहर। गोजी नै गोजीको शहर। अनि खोजी नै खोजीको शहर पनि। लोभले आलस-तालस भएका यहाँका मान्छे भोग दिनका लागि भने आतुर छन। गोजीले शहर छाएको छ। शहरमा शहर झैं लाग्ने परिदृश्यको उपज पनि यही गोजीरहेछ। तर खोजी भने सबै लगभग बराबर छन। खोज्दा पाइने तत्व धेरै छन। तर खोजेर पत्ता लाग्न पनि त उत्ति नै होलान।

भोकले रोग भित्राएपछि शहर पसेकादेखि लिएर रोगले भोगसम्म पुर्याएका मानिस छन्, यहाँ। कोही सम्पन्नताको शरीर बोकेर हिड्छ्न। कोही सम्पन्नताको खोल ओडेर हिड्छ्न। त्यही भीड जहाँ दिनभर सम्पन्नता देखिन्छ, सुखी देखिन्छ। देखिदैन कुनै कुरुप संसार। रात भने सबैको विक्षिप्त छ। सपना खल्बलिएको छ। युवा जोस तन्नेरी जोस हुन पुगेको छ। जोस को होस गुम्ने डर पनि उत्तिकै छ। सड्कमा देखिने जोस घर पुग्दा नपुग्दै होस्-हवास्-विहीन हुन्छ। अब बाँकीरहयो आफ्नै हातलाई ऐना मान्ने काम। नदेखिने दृश्यलाई कोहीले पहिचान गरेर भुत बनाए। कोहीले त्यतिकै लत्याए। कोही भने त्यसको पछिपछि लागे। सफलता पायो कस्ले ? एक अर्का प्रति परिप्रश्न आयो। सवालकै क्रममा शहरिया भुत बने अनि तर्साए पनि कत्तिलाई। अज्ञानताभन्दा ज्ञानको सागर माथि भुत जाग्यो, तर्सायो अनि लुट्नसम्म लुट्यो। चोरी हुदा खैलाबैला मच्चिने यो शहरमा डकैती हुदा को रुप झन अर्कै हुन्थियो। अफसोच यहाँ त भुत लागेको छ।

यो भुत आफैलाई भुतभन्दा असाधारण देखाउन खोज्छ। भन्न्छ म जिउदो भुत हुँ।

सायद औंसी को रात पनि उस्को सुभ साहित हो। पूर्णिामा त झन उस्को अवसर। सायद अरु तिथि त्यहीको वातावरणले देखाए ऊ जाग्न तयार हुन्छ।

यो भुत आफैलाई भुतभन्दा असाधारण देखाउन खोज्छ। भन्छ, म जिउदो भुत हुँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *