Skip to content

भैरब केसी

बौद्धिक अपाङ्गता, यसको लक्षण र व्यवस्थापन

बौद्धिक अपाङ्गता भनेको के हो ?

सामान्यतया शरीरको कुनै अङ्ग नहुनु वा कुनै अङ्गले काम नगर्नु आँशिक अपाङ्गता वा शारिरिक अपाङ्गता हो भने बौद्धिक अपाङ्गता भनेको पूर्ण अशक्त हो । बौद्धिक अपाङ्गता भएका बालबालिका तथा युवाहरुको जन्मजात नै मष्तिस्कको राम्रो विकास भएको हुँदैन वा भएर पनि ठिकसँग काम गरेको हुँदैन । यस्तो हुनका विविध कारणहरुमा प्राकृतिक, अनुवांसिक वा जैविक कारणले गर्दा हो भन्ने कुरा प्रमाणित भैसकेको छ ।

BhairabKC

आदरणीय स्व. रामकुमार शर्मा प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली !

स्व. रामकुमार शर्मा न्यौपानेको जन्म २०१० वैशाख ९ गते भोजपुर जिल्लाको गोगने गाउँमा भएको हो । वहाँको वाल्यकाल बिराटनगरमा सूर्यबहादुर थापाका ठाईंला भाइ स्व. देवेन्द्रबहादुर थापाको संरक्षणमा गंगादेवीले गर्नु भएको हो ।

स्व. रामकुमारले अध्ययनमा अर्थशास्त्र र नेपाली विषय लिएर बी.ए. गरी मास्टर अफ साइन्स इन रिर्सोस एसेसमेन्ट फर डेभेलोपमेन्ट ल्पानिङ्ग पढ्नु भई एप्रोस्क, राष्ट्रिय योजना आयोगको माननीय सदस्य, सि ए ए तथा कृषि विकास बैंकको महाप्रन्धक, स्थानीय विकास मन्त्रालयको सल्लाहकार, कृषि मन्त्रालयको अधिकृतको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु भयो ।