Skip to content

हरि

आँखाबाटै बगिरह्यो

सुनसान छ रात तर, मनमा आँधी चलिरह्यो
अनायासै आँखाबाट,आँसुहरू बगिरह्यो

जिन्दगीमा गुमाएका, हिसाब किताब मनले खोज्यो
नाफा नोक्सान, केलाएर आँखाबाटै बगिरह्यो

नरोए झै गर्नु पर्याछ

जिन्दगीको कति कति पल रोई हिँड्दा , नरोए झै गर्नु पर्याछ।
त्यहीमाथि भाग्य ले नी , गर्नु गर्याछ।
एउटै मुटु टुक्रिएर , अन्तै तिर बहकिदा
धेरैकुरा थाहा भएर नी , नभए झै गर्नु पर्याछ।
कुर्दै छु त्यो दिन ,यही पाउँ समातेर रुँदा
यही चोखो मुटु निकालेर , त्यो मुटुलाई फेर्नु पर्याछ।
म त मरी गए जाउँला बरू, चोखो मुटु दिएर
चोखो मुटु लिएर बाँच्न कति गाह्रो छ, उनलाई दिएर हेर्नु पर्याछ।

तिम्रा जस्तै आँसुहरू

तिम्रा जस्तै आँसुहरू मेरा पनि थिए होलान्,
बगाउनलाई खै केले छेक्यो मलाई।
तिमी भन्छेऊ निष्ठुरी छ, तर दुख्दा मुटु
एकान्त मा रोएको खै कस्ले देख्यो मलाई
तिम्रै जस्तो मुटु, अनि रहर पनि उस्तै होलान्
किन फेरि त्यही मुटुमा, निर्दही बनी टेकेऊ मलाई।
सुन्छु आज कल मेरो कारण ,दुःख पाएँ भन्छ्यौ अरे।
आफ्नै मनमा खोजी हेर, कुन पाखो मा देख्यौ मलाई।