harikkmc
नरोए झै गर्नु पर्याछ
जिन्दगीको कति कति पल रोई हिँड्दा , नरोए झै गर्नु पर्याछ।
त्यहीमाथि भाग्य ले नी , गर्नु गर्याछ।
एउटै मुटु टुक्रिएर , अन्तै तिर बहकिदा
धेरैकुरा थाहा भएर नी , नभए झै गर्नु पर्याछ।
कुर्दै छु त्यो दिन ,यही पाउँ समातेर रुँदा
यही चोखो मुटु निकालेर , त्यो मुटुलाई फेर्नु पर्याछ।
म त मरी गए जाउँला बरू, चोखो मुटु दिएर
चोखो मुटु लिएर बाँच्न कति गाह्रो छ, उनलाई दिएर हेर्नु पर्याछ।
तिम्रा जस्तै आँसुहरू
तिम्रा जस्तै आँसुहरू मेरा पनि थिए होलान्,
बगाउनलाई खै केले छेक्यो मलाई।
तिमी भन्छेऊ निष्ठुरी छ, तर दुख्दा मुटु
एकान्त मा रोएको खै कस्ले देख्यो मलाई
तिम्रै जस्तो मुटु, अनि रहर पनि उस्तै होलान्
किन फेरि त्यही मुटुमा, निर्दही बनी टेकेऊ मलाई।
सुन्छु आज कल मेरो कारण ,दुःख पाएँ भन्छ्यौ अरे।
आफ्नै मनमा खोजी हेर, कुन पाखो मा देख्यौ मलाई।
आमाको मर्म र छोराको कर्म
साँझ डुबे पश्चिम घाम, फर्की सके पूर्व ।
मलाई भने अँध्यारै छ, कस्तो रैछ कर्म ।।
कस्तो थियो जन्म मेरो, कस्तो तिम्रो कर्म ।
जन्म तिमी दियौ आमा, कसले लेख्यो कर्म ।।१।।
आमा तिमी आँसु पिइ, छाती मलाई पिलाई ।
हर पल तिमी मर्यौं, तर मलाई जिलाई ।।
सुत्ने तिम्रो दैला ठेला,सुते म तिम्रो काख ।
सासू रिस तिमी खायौ, तिम्रो माया पाए म लाख ।।२।।
समाज र नारी सासू बुहारीको दायित्व
समाज र नारी
सासू बुहारीको दायित्व
हाम्रो समाज एक अन्धविश्वासले जकडिएको समाज हो। जहाँ नारी कै व्यथाहरू नारीले नै बुझ्न चाहँदैनन् र बुझेर पनि यसको समाधान गर्न सकिरहेका छैनन् हाम्रो समाजमा हुने गरेका कैयौँ घटनाहरू पनि
नारीका नारीत्वकै कमी बाट भई रहेका छन्।
नारीहरूको कैयौँ रूपबाट यस समाजको सिर्जना भइरहेको छ। समाजमा चलेको रीति अनुसार नारी
को बचपन रूप कन्या हून र कन्याको रूपामा पुज्ने गरिन्छ , भने विवाह पछि लक्ष्मीको रूप मनी उनको शुभ-
