तिम्रा जस्तै आँसुहरू मेरा पनि थिए होलान्,
बगाउनलाई खै केले छेक्यो मलाई।
तिमी भन्छेऊ निष्ठुरी छ, तर दुख्दा मुटु
एकान्त मा रोएको खै कस्ले देख्यो मलाई
तिम्रै जस्तो मुटु, अनि रहर पनि उस्तै होलान्
किन फेरि त्यही मुटुमा, निर्दही बनी टेकेऊ मलाई।
सुन्छु आज कल मेरो कारण ,दुःख पाएँ भन्छ्यौ अरे।
आफ्नै मनमा खोजी हेर, कुन पाखो मा देख्यौ मलाई।