सुनसान छ रात तर, मनमा आँधी चलिरह्यो
अनायासै आँखाबाट,आँसुहरू बगिरह्यो
जिन्दगीमा गुमाएका, हिसाब किताब मनले खोज्यो
नाफा नोक्सान, केलाएर आँखाबाटै बगिरह्यो
भाग्य जित्ने कर्म मेरो, खै कता चुक्न पुग्यो
कर्म देख्ने आँखाबाटै, आँशु बनी बगिरह्यो
थाहा छैन जिन्दगीमा, आफूमाथि आफै हाँस्ने,
दैव पनि चुप चाप, आँखाबाटै बगिरह्यो ।