Skip to content

चेतन न्यौपाने

ChetanNeupane

कक्रिएको ढुकुर

बिनोद परियार, माथ्लो गाउँको दमाई हो । लुगा सिउने मेसिन छ घरमा । त्यो पनि आफ्नै । बाटोमै घर छ । त्यै बाटो कतै जाँदै गर्दा १, २ बजी दिउँसोतिर ९०को दशकको हिन्दी गीत “साँसोकि जरुतहै जैसे…” जस्ता गीतहरू बजाएर मेसिनको छेउको खाटमा उत्तानो परेर एउटा घुँडा खुम्च्याएर त्याँ माथि अर्को खुट्टा राखेर संसार भुले जस्तो गरी आँखा चिम्म गरी सुनिरहेको हुन्छ ।

बिहेगरेको ४ वर्ष भो । छोराछोरी छैनन् । बुढी छे राम्री र कामकरीली । घरधन्दामा ब्यस्त हुन्छे । गाई पनि पालेको छ एउटा । चियाबारीमा पनि काम पनि गर्छे ।

मावल को मुर्कुट्टा

मावल घर सम्झदा स्मृतीमा रहेका पुराना धमिला चित्रहरु मानपटलमा सल्वलाऊन थाल्छन् । मामाको घर एकान्त जंगलहरुको बिचमा थियो । वरीपरि जंगलै जंगल ,घर मास्तीर एऊटा साँघुरो बाटो । दिऊसै अध्यारो जस्तो महसुश हुन्थ्यो । अझ मामाहरु भन्नुहुन्थ्यो राती राती त त्यो घरमाथिको बाटोमा मुर्कुट्टा हिड्छ रे । कुनैबेला मध्ये रातमा रुदै रुदै नानीहरु हिड्छन् रे ।

मावलमा रात बिताऊनु पर्दा मलाई साह्रै सकस पर्थ्यो,भलै म आमासँगै सुतुं;मुर्कुट्टाको भयले रात खटपटीमै बित्थ्यो ।

Dv lottery

भुतभुताऊदै ऊ बाल्टि बोकेर गाई धुहुन हिड्यो –

” यी बुडा पाकालाई के थाहा डिभी भनेको के हो ? पख न सेकेन्ड लेटर मात्र आओस न । मैले जानेको छ ।”

काठमाडौंको रत्न राज्यलक्ष्मी क्यामपसमा नेपाली बिषय लिएर बि ए पढ्दै थियो ऊ। ऊ एकदमै अल्छे थियो । करैले मात्र पढ्न चाहन्थ्यो । थाहा छैन आई ए कसरी पास गर्यो । नेपाली बिषय सजिलो हुन्छ र पास गर्न सकिन्छ भनेर मात्र ऊसले यो बिषय छानेको थियो । बिए शुरु गरेकै बर्ष ऊसलाई डिभी पर्यो । अब केलाई पढिराख्नु पर्यो भनेर ऊ घर तिर लागेको थियो ।