कक्रिएको ढुकुर
बिनोद परियार, माथ्लो गाउँको दमाई हो । लुगा सिउने मेसिन छ घरमा । त्यो पनि आफ्नै । बाटोमै घर छ । त्यै बाटो कतै जाँदै गर्दा १, २ बजी दिउँसोतिर ९०को दशकको हिन्दी गीत “साँसोकि जरुतहै जैसे…” जस्ता गीतहरू बजाएर मेसिनको छेउको खाटमा उत्तानो परेर एउटा घुँडा खुम्च्याएर त्याँ माथि अर्को खुट्टा राखेर संसार भुले जस्तो गरी आँखा चिम्म गरी सुनिरहेको हुन्छ ।
बिहेगरेको ४ वर्ष भो । छोराछोरी छैनन् । बुढी छे राम्री र कामकरीली । घरधन्दामा ब्यस्त हुन्छे । गाई पनि पालेको छ एउटा । चियाबारीमा पनि काम पनि गर्छे ।
