भुतभुताऊदै ऊ बाल्टि बोकेर गाई धुहुन हिड्यो –
” यी बुडा पाकालाई के थाहा डिभी भनेको के हो ? पख न सेकेन्ड लेटर मात्र आओस न । मैले जानेको छ ।”
काठमाडौंको रत्न राज्यलक्ष्मी क्यामपसमा नेपाली बिषय लिएर बि ए पढ्दै थियो ऊ। ऊ एकदमै अल्छे थियो । करैले मात्र पढ्न चाहन्थ्यो । थाहा छैन आई ए कसरी पास गर्यो । नेपाली बिषय सजिलो हुन्छ र पास गर्न सकिन्छ भनेर मात्र ऊसले यो बिषय छानेको थियो । बिए शुरु गरेकै बर्ष ऊसलाई डिभी पर्यो । अब केलाई पढिराख्नु पर्यो भनेर ऊ घर तिर लागेको थियो ।
ऊसको बुवा एकदमै मेहनति थिए । छोरोलाई पनि त्यस्तै बनाऊन चाहन्थे तर छोरो पहिले देखिनै अल्छे अब झन डिभी परेपछि त घरको काम सिन्को पनि भाँच्थेन । आज गाई दुहुनु पर्यो भनेर बा सँग निकै बेर भुतभुतायो ।
नभन्दै ऊसको सेकेन्ड लेटर आयो । ऊ फेरी काठमाडौ गयो । सबै डकुमेन्टहरु बनायो एम्बेसीमा बुझायो । ईन्टरभ्यु पनि भयो । भिसा लाग्यो । ऊ दंग पर्यो ।
ऊसको एकजना टाढाको साईनो पर्ने भिनाजु धेरै बर्षदेखि अमेरीकामै थिए । नेपाल आऊदा भेटेको थियो । अमेरीकाका कथा किस्सा सुनेको थियो । अब त ऊसलाई अमेरीकाको बारेमा ऊ भन्दा बढि जान्ने को होला र भन्ने लागेको थियो ।
एकदिन बानेश्वरमा एकजना साथि संग मच्चि मच्चि ठुला कुरा गर्दै हिड्दै थियो । साथि टक्क अडीयो र बाटो हिड्ने एक ब्यक्ति सँग बोल्न थाल्यो ।
लामो फित्ता बनाएर ब्याग बोकेको , हल्का तालु खुईलेको, सेतो तर थोरै मैलो जस्तो देखिने सर्ट लगाएको,खुट्टामा सामान्य प्लास्टीकको चप्पल लाएको,पातलो जुंगा भएको करिब २८/३० बर्षको त्यो ब्यक्ति हेर्दा कुनै सामान्य सरकारी कार्यलयको पिऊन जस्तो लाग्थ्यो । ऊसको साथि त्यो ब्यक्ति संग केहिबेर बोल्यो तर ऊनीहरुको कुरा सुन्न ऊसलाई कुनै दिलचस्पी थिएन ।
बास्तबमा त्यो व्यक्ति पश्चिम घर भएको एक कर्मठ र जाँगरिलो ब्यक्ति थियो । स्नातकोत्तर प्रथम श्रेणीमा पास गरेर पनि राम्रो जागिर पाऊन नसकेकोले ऊ आफ्नो जिवन गुजारा गर्न एऊटा गारमेन्ट फ्याक्ट्रीमा एकाऊन्टेन्टको जागीर खान्थ्यो ।
त्यो ब्यक्ति सँग छुटेपछि ऊसले साथिलाई सोध्यो –
“को हो त्यो मान्छे? कस्ता कस्ता पनि छन है तेरा साथि ?”
“अँ मेरै साथि हो । पश्चिम तिरको । बिचरा गरिब थियो डिभी परेछ । सेकेन्ड लेटर आयो रे ।”
नाक खुम्च्याऊदै ऊसले भन्यो –
“कस्ता कस्ता अैरे गैरे नथ्थु खैरे हरुलाई पनि डिभी पर्न थाल्यो बाई”
साथिले पुलुक्क ऊ तिर हेर्यो । दुबै गघि बढिरहे ।
