मावल घर सम्झदा स्मृतीमा रहेका पुराना धमिला चित्रहरु मानपटलमा सल्वलाऊन थाल्छन् । मामाको घर एकान्त जंगलहरुको बिचमा थियो । वरीपरि जंगलै जंगल ,घर मास्तीर एऊटा साँघुरो बाटो । दिऊसै अध्यारो जस्तो महसुश हुन्थ्यो । अझ मामाहरु भन्नुहुन्थ्यो राती राती त त्यो घरमाथिको बाटोमा मुर्कुट्टा हिड्छ रे । कुनैबेला मध्ये रातमा रुदै रुदै नानीहरु हिड्छन् रे ।
मावलमा रात बिताऊनु पर्दा मलाई साह्रै सकस पर्थ्यो,भलै म आमासँगै सुतुं;मुर्कुट्टाको भयले रात खटपटीमै बित्थ्यो ।
एक समय म आमासँग मावल गएको थिएं । मनमा जपना यहि थियो कि ‘परमेश्वर आजको एकरात चै बाटोमा मुर्कुट्टा नहिडाई देऊ नानी नरुवाई देऊ’ अनि सोच्थें भगवानहरु यी प्रेत र पीसाचहरु भन्दा अवश्य शक्तिशाली हुन्छन् तर पनि यस्ता ऊछ्रिङ्खल र भयंकारी तत्वहरु किन बिध्यमान छन समाजमा ?
सुतेपछि बाटोमा मुर्कुट्टा त हिडेन । नानी पनि रोएन । तर अचानक मध्येरात तिर मामाको पूजाको थान तिरको ढ्याँङ्रो मन्द आवाजमा बज्न थाल्यो । मेरो हातगोडा लल्याकलुलुक भए । लाग्थ्यो २/३ जना प्रेतहरु मलाई नै लक्ष गरेर मामाको पूजा कोठामा थान जमाएर मुस्कुराऊदै म तिर ईसारा गर्दै ढ्याङ्रो ठोक्दैछन् । सुकेको ओठ,बटारिएका परेलाहरु,लुलिएका हातखुट्टा लिएर मैले ऊज्यालो बनाऊनु थियो । घरी घरी शान्त हुदै फेरी ऊसै गरी मन्द गतिमा ढ्याँङ्रो बज्ने कार्य जारी रह्यो । यसको आवाज यति मधुरो थियो कि अरुले सुनेनन होला नत्र त सबै ऊठ्थे होलान् पूजाथानमा जान्थे होलान् र ति पिसाचहरुलाई धपाऊथे होलान् । तर कसैले सुनेनन् ,कोहि ऊठेनन् ।
फेरी यी प्रेतहरु पनि कति ननिका?कोई नपाएर हामी मानव जातिलाई नै तर्साऊनु पर्ने । गाई बस्तु,रुखपात र जंगली जनावरलाई तर्साऊनुनी, कोई नभेटे प्रेत प्रेत मिलेर आफु आफुमा तर्साई तर्साई खेल्नु नी बरु । हामी मात्रै यीनका निसानामा किन आऊछौं ? जिऊदो छदा हास्दै खेल्दै यहि समाजमा रहेका यी मानिसहरु मरेपछि प्रेत भएर किन हामीलाई नै दुख दिन्छन्? बिश्वासघाती भुतहरु । जिऊदो छँदा कति सहयोग गरिएको थियो होला,मरेपछि के को दुस्मनी निकालेका यी असत्तीहरुले । डर संगै मनमा झोंक पनि चलेको थियो ।
जसो तसो रात कट्यो । रातभरको अनिदोले ज्यान कुजिंए जस्तो भएको थियो । ऊठेर भान्साकोठा तिर छिर्नलाग्दा देखें आँगनमा मामा पुरानु दुलो परेको ढ्याँग्रो भुईंमा ठोक्नु हुदै थियो र भन्नु हुदै थियो-“यो गुय्ये मुसो ढ्याङ्ग्रोको दुलोबाट भित्र पसेको रछ ,रातभर ट्याकट्याक गरेर सुत्न दिएन”
Advertisements
