Skip to content

गुरुशरण सदा

शीतलहरले मेरो घर मात्र चिसिएको छैन सरकार !

शीतलहरले मेरो मात्र घर चिसिएको छैन सरकार
घर सँगसँगै मेरो मन र तन पनि चिसिएको छ
प्रकृतिको चिसो सितहरुको लहरले मेरो परिवार
अनि मेरो जीवनको वरपर सबै चिसिएको छ
मैले खाने हरेक अन्नका भागहरू चिसिएको छ
सबैलाई ताप सम्प्रेसन गर्न आगोको झिल्का पनि
मबाट चिसिएको छ र मलाई दिनबाट टाढिएको छ

मेरो मन पागलहरुको बस्ती बनेको छ

मेरो मन पागलहरुको बस्ती भएको छ
र मेरो मनलाई पागलहरुले कब्जामा लिएको छ
मन अचेल स्थिरमा छैन बसमा छैन
भित्र भित्रै धुवैधुवाले बलेको आगो जस्तो भएको छ

अचेल सपनाको महलतिर हेर्न छाडेको छु

चेल सपनाको महलतिर हेर्न छाडेको छु
आँखाभरि भरिएको सपनाको भारीले थाकेको छु
चहिदो नचाहिदो सपनाको आकार बनाउने आँखादेखि रिसाएको छु
हो म अचेल सपनाको गाउँतिर जान छाडेको छु

पुरा नहुने सपना पनि आँखाँको बाटो भई
मेरो हृदयमा राज गर्न खोज्छ
मलाई सपनाको महल चढाई बेला बेला
महलकै दुनियामा धकेल्न खोज्दछ

नटुटने कसम थियो…

नटुटने कसम खाएको थियो
दुई आत्माको मिलन थियो
किन आज टुटेर गयो
हामी विचको माया किन दुई किनार भयो

ओठमा त्यो हासो थियो
मनमा उमंग थियो
सबै हराई गयो
प्रितको खेल रचेर तिमी कहा हराई गयौ

फुल जस्तै फुलि दिए तिम्रो प्रेमको आगनमा
आई तिमी खेलिरहयौ
ओठमा ओठ दिए हातमा हात दिई
जिवन मेरो सुम्पि दिए

कस्तो मोड आयो त्यो तिम्रो जिवनमा
आफनै बाटो भुलि दियौ
प्रितको खेल रचेर काहा हराई गयौ
काहा तिमी हराई गयौ

छातीमा गढेको छ तिमीले दिएको बचन
मया गर्छु तिमीलाई भन्थ्यौ सयौ जन्म
कस्को डाह लागयो दैव
टुटेर गयो हामी दुईको मिलन

अविस्वसको धारले समबन्ध काटेको पाएँ

अचेल उस्को र मेरोबीच
विश्वासको खडेरी लागेको छ,
हासो र मिलनबिचको त्यो पलहरू
धुलमिलन थालिएको छ

बुझ्न सकिन किन खै के भयो ?
समिश्रित त्यो हृदयमा खै कस्ले नून छर्यो ?
शब्दपिछे आशंकाको घेरा लाग्न थाल्यो
विश्वासको त्यो आगन खै कस्ले वितृष्ण जगायो ?