Skip to content

शीतलहरले मेरो घर मात्र चिसिएको छैन सरकार !


शीतलहरले मेरो मात्र घर चिसिएको छैन सरकार
घर सँगसँगै मेरो मन र तन पनि चिसिएको छ
प्रकृतिको चिसो सितहरुको लहरले मेरो परिवार
अनि मेरो जीवनको वरपर सबै चिसिएको छ
मैले खाने हरेक अन्नका भागहरू चिसिएको छ
सबैलाई ताप सम्प्रेसन गर्न आगोको झिल्का पनि
मबाट चिसिएको छ र मलाई दिनबाट टाढिएको छ

सरकार मेरो शारिरसित लहरले थरथरिने गरी चिसिएको छ
सानो खर र माटोको भित्तले बनेको मेरो घर
प्रकृतिको चिसोका लागि प्रखाल बन्न सकेन
म त्यही चिसोको लहरमा चिसिएको छु
न्यानोको खोजीमा छु
तर यति वेला आफन्तहरू पनि चिसिएको छ
मेरो सपनालाई सकार बनाउने
मेरा आँखाको नानी बाबु पनि मन पनि चिसिएको छ
न्यानो कपडा र अन्नको चाहमा मन खिन्नताले छाएको छ

सरकार म मग्नते होइन
मैले वर्ष मिहनेत नै गर्दै आए
मेरो मिहनेतले मेरो परिवारलाई गुजारा चलाउदै जीवन गुजारे
सपनाहरू पनि साचेको थिए
यस वर्षको जाडोमा एउटा कमल लिनेछु
जाहा चारै जनामा परिवारले न्यानो बाडने छु
मेरो कमाईको केही भागले
मेरा सन्तानलाई पनि न्यानो ज्याकेट किनि दिने छु
अनि उनीहरू रमाउदै खेल्ने छ
उनहरू पढन जादा पनि शीतलहरलाई
ज्याकेटलाई छेक्ने भन्ने आशा र सपना थियो
तर सरकार मैले मेरो मजदुरीले सपना पुरा गर्न सकिन
मेरो सपना पुरा नहुदा नहुदै
बेइमान शीतलहर मेरो घर आँगनमा आई पुग्यो
म निरीह भई शीतलहरलाई आफनै छातीमा लगाउन पुगेको छु

एउटा कमल र ज्याकट पनि किन्न नसकने
हामै नगरिक हुन र भन्ने र्शका होला
तर सरकार म पनि यही देशको नागरिक हु
पुस्तौ देखी गरीबीको अपराधले हामी उठन दिएन
बाराजु बाजे बुवा सम्मलाई साक्षर समेत बन्न दिएन
अनि मेरो जीवनले कसरी फस्टाउने र सुभास छर्न सक्छ
सरकार मेरो रात अहिले परालको साहार बनेको छ
पराल नै मेरो लागि न्यानो डसना बनेको छ
कालो मैलो गुन्द्री बनेको न्यानो बडने सिरक
पराल र गुन्द्रीको विचमा बितेको भोको रातहरू
सरकार विवश छु म
शीतलहरलाई वेवास्ता गरी छाक टार्न काम गर्न गए
तर शीतलहरको प्रवाल मेरो शरीर शित शित भयो
शीतलहरले मेरो शरीर नै शीतलहर बनाउने पुग्यो

मैले पाच दिन काम गर्न नसकेको
काम नहुदा ३ दिन भो चुलो पनि चिसिएको छ
सर साप्टी माग्ने मेरो आफन्त अनि साथीको
खल्ती पनि चिसिएको छ
सरकार चारै तिरबाट हार खाए
अनि मैले मेरो सरकारलाई सम्झे
मलाई केही होइन सरकार
मलाई केही न्यानो ताप दिने लुगा भए पुग्छ
मेरो चुलोमा मेरा भविष्यका बालबालिकाहरुको
निम्ति पेट भरि खान पाइने खान पाक्ने भए पुग्छ
सरकार म धन्य हुने थिए
यो वर्षको शीतलहरबाट म जोगिने थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *