Skip to content

मेरो मन पागलहरुको बस्ती बनेको छ


मेरो मन पागलहरुको बस्ती भएको छ
र मेरो मनलाई पागलहरुले कब्जामा लिएको छ
मन अचेल स्थिरमा छैन बसमा छैन
भित्र भित्रै धुवैधुवाले बलेको आगो जस्तो भएको छ

धुवैधुवाले बलेको छ
मन भित्रको आगोले
न त राप दिन सकेको छ
न त उज्यालो नै दिएको छ
न त निभिएर खरानी भई
अस्तित्वा हिन भएको छ
न त मनमा डेरा जमाई
सार्थक राज गरेको छ
केवल तिनीहरू मेरो मनलाई
फोहरी खेल खेलन
मैदानलाई झै सजाएको छ
म निशब्द बनेको छु
मेरो मनमा बसेको पागलहरू देखेर
न देख्ने गरी निरीह बनेको छु

ये मेरो मनमा आउने पागलहरू
मेरो मनलाई चञ्चल बनाई
म स्वयलाई विर्साउनेहरू
कि त अब मेरो मनमा तिमी राज गर
मलाई पनि पागल बनाउ
म पनि तिमी जस्तै पागल बन्न चाहन्छु
म पनि जीवनलाई फोहरी खेलमै खेलेर
संसार त्याग्न चाहन्छु
या त मेरो मनको संसारबाट
धेरै टाटा भएर जाऊ
म तिमीलाई सदा सदा सम्मान गर्ने छु
मेरो बनको बस्तीमा तिम्रो नामले
हृदयमा ज्ञानको दिप बालेर बस्ने छु

हे मेरा मनमा बसेका पागलहरू
म सपना बनाउँछु तिमी तोडि दिन्छौ
मैले सार्थकताको बाटो रोजन चाहन्छु
तिमी बाटो छेकि अल्मलाई दिन्छौ
भन्न मैले सपना साच्न छोडी दिंउ
या सार्थकताको बाटो रोजन बन्द गरी दिउ
म थकित भए अब
मेरा मनमा वस्ति बसाएका पागलहरूसँग
न शब्द बुझन खोज्ने
मेरा शब्दका भावलाई बुझन खोज्ने
तर हे मेरा मनका पागलहरू
मैले तिमीलाई चिनेको छु
तिमी आउने बाटो पनि देखेको छु
तिमीलाई पागल हुनबाट जोगाउने सार्थक उपचार छैन
र त मेरो मन पागलहरुलाई बस्तीमा राखेर अचेत बनेको छ

मेरा मनलाई अचेत बनाउने पागल बस्तीका
आदरणीय पागल राजाहरू
अब मलाई स्वतन्त्र भई मलाई
बाँच्न देऊ अनि साथ देऊ
मलाई आल्यसताले भिजाउने
तिम्रा लक्ष्णलाई जलाई देऊ
म प्यासी छु ज्ञानको
तिमी ज्ञानको मन्दिरमा मलाई जान देऊ
मेरा सचेतनाको दिपलाई बल्न देऊ
मैले भोगेका पृष्टभूमिलाई थोरै साथ देऊ
मनको पागल बस्तीहरुबाट गन्तव्यमा पुग्ने साहस देऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *