Skip to content

सुदिप अधिकारी

सत्य

दोस्रो बिहे गर्नेको पहिलो झुर हुनुपर्छ ।
घर बन्न बुढीको दिलमा धुर हुनुपर्छ ।।
बैबाहिक दलदलमा फसेका पुरुषलाई
खुसी मनाउन पनि श्रीमती दुर हुनुपर्छ ।

पुन्यकाम

विश्वास मायामा कहिले नअस्ताउने घाम हुनु पर्छ ।
माया पिरतिको कथाहरुमा तिम्रो मेरो नाम हुनुपर्छ ।
बाधा अड्चनहरु थुप्रै र म बेसुर पट मुर्ख कालिदास
विद्योतमा पाउनु पनि पूर्वजन्मकै पुण्यकाम हुनुपर्छ ।

पिर भए पछि

तिम्रो व्यबहार मलाइ सधै पिर भए पछि
सम्बन्धको खट्पट नुकिलो झिर भए पछि
हासो बोकेर दिन दिनै मर्ने गर्छु आजकाल
तिम्रा शब्दहरु धनुष अनि तिर भए पछि

म कस्तो छु !!

उनी गुलाब फुल जस्ती म कडा जस्तो छु ।
उ संस्कारले भरिएकि म छाडा जस्तो छु ।

मधुर बोली सौन्दर्य को खानी जस्ती उनि
म जती बाने पनि फुस्कने नाडा जस्तो छु ।

मिलाउन जान्ने उनी बिगि्रएको जे जति
मिलेको भत्काउने म घर भाँडा जस्तो छु ।

उनी गुलाब फुल जस्ती म कडा जस्तो छु ।
उ संस्कारले भरिएकि म छाडा जस्तो छु ।

माया हाम्रो मिशाल भो।

ट्क्कर सहदा सहदै  प्रेम हाम्रो बिशाल भो ।
दुनियाँले मानन्नै पर्ने माया हाम्रो मिशाल भो।

उचालने पछार्ने आगो लगाउने भेटियो  मायामा
तर पनि कसैले हल्लाउन नसकने हिमाल भो  ।

आएका थिए तोड्नेहरु फरक फरक भेषधरी
बिश्वसलेनै उचालियो माया हाम्रो कमाल भो ।