Skip to content

'आफ्नै

यस्तै यस्तै कहिलेकाही

ताल्चा मन लगाएर बस्न नसकिने
बुझेपनी उस्को कुरा मिल्न नसकिने

धेरै कुरा मनमा हुन्छन टाढा बसेपनी
सत्यकुरा बाहिर आछ्न मनै कसेपनी

बलि रहन्छ बत्ति पनि ज्योति छनजनि
स्वार्थ जीवन कतिचल्छ,जान्छ नभनि

प्राकृति को ध्वनि मिठो सगित बजेझै
अबिस्वास को आवज सुन्दा लाग्छ मरेझै

रुपले सुन्दर हुने भए किन चाहिन्छ बस्त्र
मिठास आवज एउटा दुइटा,हुन्न १६,सत्र

फलेको हागो झुकिरन्छ फल रहुन्जेल
किन गर्छौ तेरि मेरि दुइदिन बाचुन्जेल

चरित्रले कुनै कुरा कहिले लुकाउदैन
अग्लो हुन्छ सगरमाथा सिर झुकाउदैन ।।

मुक्तक

जतिनै गरेपनि माया वैगुन बनाओस्
फलाम चाेरेर त्यसलाई सुन बनाओस्
प्रेम गर्नेलाई मृत्युकाे सजाय हुन्छ भने
म मर्न तयार छु यस्तै कानुन बनाओस्…

सागर सुबेदी
पर्वत