Skip to content

रमेश दहाल

हुन्न हुन्न हुदै हुन्न

सिमसिमे पानीमा,
म त मोटर साइकलमा
एक हातले छाता ओडी कसरी आउँ म ?
ए सुन
लौ भन
बरु आज भिडियो कलमा कुरा गरौन
हुन्न हुन्न हुँदै हुन्न, नभेटी त हुँदै हुन्न

साँझ परेपछि मसँग तिम्रो तस्वीर अनि गिलास हुन्छ

साँझ परेपछि मसँग
तिम्रो तस्वीर अनि गिलास हुन्छ
म हुन्छु, तिम्रो कल्पना हुन्छ
तिम्रो याद अनि गीलास हुन्छ, गीटार हुन्छ
निष्ठुरी गीलासले मेरो घाउ अझै छुन्छ
झन् झन् दुख्छ, अझै दुख्छ

जति पिउदै जान्छु, उति रित्तो हुन्छु
जति मात्दै जाँन्छु, त्यती एक्लो हुन्छु
फेरि पनि यो सबै झुटो हो कि भनी
रुने गर्छु, कराउछु

मेरी प्रीय भन्दै सिरानीमा खोज्छु
सिरानीमा छाम्दै कता गयौ भन्छु
वरीपरी यही कतै छ्यौ कि भनी
तड्पीन्छु, बर्बराउछु

नशा लागेपछि मसंग
तिम्रो हाँसो अनि झझल्को हुन्छ, गीलास हुन्छ
तारा खसेपछि आकासमाा
तिम्रो आत्मा मेरो साथमा हुन्छ, गीटार हुन्छ
२०६४।४।२५

लजालु रुप घुम्टोले छोप

लजालु रुप घुम्टोले छोप
सानुमाया डर हुन्छ बैशमा
हितको माया छानेर लाए
सानुमाया भर हुन्छ अभरमा
ख्याल ख्यालैमा स्वह्र सालैमा

उभोमा उभो गुराँसै फुल्दा लेकैको रमाइलो
सोचेको कुरा पुगेर आए मन हुन्थ्यो उज्यालो
ख्याल ख्यालैमा, स्वह्र सालैमा

सिरिमा सिरि बतासै चल्दा सम्हाल पछ्यौरी
कुटुक्कै खान्छ यो मन मेरो नजाउन दिल तोडी
ख्याल ख्यालैमा, स्वह्र सालैमा

सङ्गीतः डेनी निरौला
स्वरः कमल श्रेष्ठ

अचानक आज तिमी नजिक आइदियौ

अचानक आज तिमी नजिक आइदियौ
पुछि सकेको आँखा फेरि भिजाई दियौ

एकै छिन त धड्कनै मेरो थामीदियौ
तिमीसँग रमाएका पलहरुले झस्कायौ
निभी सकेको दियो फेरि जलाई दियौ

मेरो खुसी सबै एक्कासी जगाई दियौ
तिमीसँग जिउँने रहर फेरि ब्युझायौ
गाँठो परेको माया फेरि खुलाई दियौ

अचानक आज फेरि तिमी याद आइदियो
पुछि सकेको आँखा फेरि भिजाई दियौ

गीतः रमेश दहाल
सङ्गीतः राहुल प्रधान
स्वरः बबिन प्रधान

कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो ?

कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो
कहिले पुग्ला भरपेट खान चामल र पीठो

झोला बोकी पढ्न कहिले जालान् हाम्रा नानी
बन्ने हो कि हैन गाउँमा स्वास्थ्य चौकी पनि
कहिले आउला हाम्रो गाउमा कोदो पिस्ने जातो
कहिले होला गोठमा भैसी खोरमा बाख्रो पाठो
कहिले बन्दा हाम्रो गाउँमा मोटर गुड्ने बाटो