पप गीत
साँझ परेपछि मसँग तिम्रो तस्वीर अनि गिलास हुन्छ
साँझ परेपछि मसँग
तिम्रो तस्वीर अनि गिलास हुन्छ
म हुन्छु, तिम्रो कल्पना हुन्छ
तिम्रो याद अनि गीलास हुन्छ, गीटार हुन्छ
निष्ठुरी गीलासले मेरो घाउ अझै छुन्छ
झन् झन् दुख्छ, अझै दुख्छ
जति पिउदै जान्छु, उति रित्तो हुन्छु
जति मात्दै जाँन्छु, त्यती एक्लो हुन्छु
फेरि पनि यो सबै झुटो हो कि भनी
रुने गर्छु, कराउछु
मेरी प्रीय भन्दै सिरानीमा खोज्छु
सिरानीमा छाम्दै कता गयौ भन्छु
वरीपरी यही कतै छ्यौ कि भनी
तड्पीन्छु, बर्बराउछु
नशा लागेपछि मसंग
तिम्रो हाँसो अनि झझल्को हुन्छ, गीलास हुन्छ
तारा खसेपछि आकासमाा
तिम्रो आत्मा मेरो साथमा हुन्छ, गीटार हुन्छ
२०६४।४।२५
अचानक आज तिमी नजिक आइदियौ
अचानक आज तिमी नजिक आइदियौ
पुछि सकेको आँखा फेरि भिजाई दियौ
एकै छिन त धड्कनै मेरो थामीदियौ
तिमीसँग रमाएका पलहरुले झस्कायौ
निभी सकेको दियो फेरि जलाई दियौ
मेरो खुसी सबै एक्कासी जगाई दियौ
तिमीसँग जिउँने रहर फेरि ब्युझायौ
गाँठो परेको माया फेरि खुलाई दियौ
अचानक आज फेरि तिमी याद आइदियो
पुछि सकेको आँखा फेरि भिजाई दियौ
गीतः रमेश दहाल
सङ्गीतः राहुल प्रधान
स्वरः बबिन प्रधान
ड्रिम गर्ल
सपनीमा मात्र किन सधैभरि आइ रहन्छौ?
बिपनीमा आउ म अंगालोमा बाँध्न चहान्छु
रातको निद्रा खोसी किन सधै सताई रहन्छौ?
बिपनीमा आउ म आँखामा सजाउन चहान्छु
ओ…हो…हो…ड्रिम गर्ल…..ओ माइ ड्रिम गर्ल
कैलेसम्म तड्पाई रहन्छौ यसरि हर पल?
स्वप्निल त्यो दुनियामा हराएर म कति बाँचौं?
तिम्लाई पाउने अभिलाषा अझै म कति साँचौं?
कल्पनाको सागरमा डुबी एक्लै कति म बर्बराऔं?
तिम्लाई पाई खुसिको लैबरी म कहिले नाँचौं?
ओ…हो…हो…ड्रिम गर्ल…..ओ माइ ड्रिम गर्ल
कैलेसम्म तड्पाई रहन्छौ यसरि हर पल?
अब आउ सम्माला धेरै भो यो मन भड्केको
कति सुन्नु मैले मध्ये रातमा यो मुटु धड्केको