कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो
कहिले पुग्ला भरपेट खान चामल र पीठो
झोला बोकी पढ्न कहिले जालान् हाम्रा नानी
बन्ने हो कि हैन गाउँमा स्वास्थ्य चौकी पनि
कहिले आउला हाम्रो गाउमा कोदो पिस्ने जातो
कहिले होला गोठमा भैसी खोरमा बाख्रो पाठो
कहिले बन्दा हाम्रो गाउँमा मोटर गुड्ने बाटो
झिलिमिलि कहिले बत्ती बल्ला हाम्रातिर
झोलुगेले कहिले जोड्ला वल्लो पल्लो भिर
कहिले छाउला हरियाली सुन होला माटो
कहिले बन्ला हाम्रो गाउँ स्वर्गकै पाटो
कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो
फुलमाया कहिले बन्ली यो देशको साम्सद
मिट्ठले नि कहिले खोल्ला शहरमा उद्योग
कहिले उठ्ला जीवन हाम्रो पछि पर्नु साटो
कहिले हुने हामी सबै अरुजस्तै बाठो
कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो
सङ्गीतः शक्तिबल्लभ श्रेष्ठ
स्वरः आनन्द कार्की र माण्डवी त्रिपाठी
२०६७ सालमा रेकर्ड भएको गीत
