Skip to content

हुन्न हुन्न हुदै हुन्न


सिमसिमे पानीमा,
म त मोटर साइकलमा
एक हातले छाता ओडी कसरी आउँ म ?
ए सुन
लौ भन
बरु आज भिडियो कलमा कुरा गरौन
हुन्न हुन्न हुँदै हुन्न, नभेटी त हुँदै हुन्न

रिमरिमे झरीमा आऊ न तिमी रेनकोटमा
जोक गर्ने बानी तिम्रो क्यारी पत्याँउ म
ए सुन
लौ भन
बरु आज साझा बसमै हामी हुइकिउँ न
हुन्न हुन्न हुँदै हुन्न साझा बस त हुँदै हुन्न

महिना दिन तड्पार तिम्ले लभ यु भनेको
पछि राखी हुइकिनलाई बुलेट किनेको
ए सुन
लौ भन
बरु भोलि बुलेट चडी हामी हुइकिउँ न
हुन्न हुन्न हुँदै हुन्न, नभेटी त हुँदै हुन्न

सिमसिमे पानीमा,
म त मोटर साइकलमा
एक हातले छाता ओडी कसरी आऊ म ?
ए सुन
लौ भन
बरु आज भिडियो कलमा कुरा गरौन
हुन्न हुन्न हुँदै हुन्न, नभेटी त हुँदै हुन्न

गीत: रमेश दहाल
सङ्गीत: टीका दहाल
स्वर: बुद्ध लामा र सज्जा चौलागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *