Skip to content

रोचक घिमिरे

‘मधुपर्क’ नेपाली वाङ्मयको अभिन्न अङ्ग

  • by

ठूलो उत्साह र उमङ्ग लिएर प्रकाशित हुनु अनि अल्प अवधिमा नै बिलाउनु नेपालका साहित्यिक पत्रिकाको साबिक रोग हो । वि.सं. १९५५मा प्रकाशित ‘सुधा सागर’ देखि लागेको यो सरुवा रोगले अहिलेसम्म साहित्यिक पत्रिकालाई गाँज्न छोडेको छैन । यस रोगको शिकार भएर कयौँ साहित्यिक पत्रिका हुर्कन नपाउँदै मृत्युवरण गर्न वाध्य भएका थुप्रै उदाहरण छन् तर वि.सं.२०२५ साल जेठदेखि प्रकाशन प्रारम्भ भएको ‘मधुपर्क’ अनेकौँ बाधा अवरोधका खाल्डा पार गर्दै आफ्नो निरन्तरता कायम राख्न सफल भयो र आज ५०० अङ्क प्रकाशनको स्थितिसम्म आइपुगेको छ ।

‘पागल’को परिमार्जन र महाकविप्रति मनपर्दी !

  • by

महाकवि देवकोटा आफ्नो लेखनलाई परिमार्जित गर्ने, परिष्कार गर्ने कुरामा सहमत हुँदैनथे । लक्ष्मी निबन्धसङ्ग्रहको ‘श्रीगणेशायनमः’ शीर्षक निबन्धमा उनी भन्छन्- “म कुनै शैलीका निम्ति लेख्तिन… मन जसरी डुल्यो जस्तोझुल्काझुल्की फेला पर्यो उस्तै लेखिदिन्छु । राम्रो बनाउने सचेत प्रयासले मनुष्यको कला बिग्रन्छ । … म राम्रो बनाएर देखाउन चाहन्न, आएको कुरा आओस् ।

कविशिरोमणिको दारी रहस्य !

  • by

कवि शिरोमणि र मेरा पिता सोमनाथ घिमिरे व्यासको सम्पर्क एउटा अनौठो संयोगबाट हुन पुगेको थियो । त्यही संयोगले नै रामेछापको एउटा दुर्गम गाउँका पहाडिया पण्डितको परिवारलाई काठमाडौँमा बसोबास गर्ने अवसर जुरेको थियो ।
रामेछापको ठोसे भाषा पाठशालाका शिक्षक मेरा पितालाई आफ्नै गाउँ गहिराथोकका नरबहादुर खत्रीले जग्गासम्बन्धी मुद्दा हालेछन् । त्यही मुद्दाको तारेखमा १९९८ सालमा काठमाडौँ आएर रामेछापकै सुंदारपानी गाउँका कप्तान तेजबहादुर कार्कीको गहिरीधारास्थित घरमा बस्नुभएछ मेरा पिता । त्यसैबेला श्री ३ भीमशमशेरकी बुहारी जर्नेल रामशमशेरकी पत्नी समुद्रकुमारी राणाले टंगाल दरबारमा पुराण लगाउने भइछन् । पण्डित ब्राह्मणहरूको खोजीका क्रममा तेजबहादुरको सिफारसिमा पिता सोमनाथलाई त्यस पुराणमा बस्ने मौका जुरेछ ।

महाकविको गोप्य तमसुक

  • by

म केटाकेटी छँदा पिताजीको कोठामा बेलाबेलामा उहाँका समकालीन साथी-सङ्गातीहरूको जमघट भएको देख्दथेँ । त्यहाँ आउने व्यक्तिहरू को हुन् ? के गर्छन् ? भन्ने चासो हुँदैनथ्यो । सात-आठ वर्षको भएपछि मात्र मैले ती पाहुनाहरूको महìवबारे अलिअलि जानकारी पाएँ । एकजोर व्यक्ति प्रायः सँगै आउने गर्नुहुन्थ्यो । तिनलाई पिताजी ‘साहिँलाबाजे र काहिँलाबाजे’ भन्नुहुन्थ्यो भने उहाँहरू चाहिँ पिताजीलाई ‘पण्डितजी’ भन्ने गर्नुहुन्थ्यो । यसरी मैले पनि ती दुई व्यक्तिलाई त्यसै रूपमा चिनेँ ।