सुखी जीवनका उपाय
महात्मा गान्धीले पनि भनी सकेछन् भोको पेटले राम भन्दैन, रोटी रोटी भन्छ । त्यसैले सुखी रहन वा हुन सबभन्दा पहिले मानिसले आफूसँग भएको भुँडीरूपी थैलोलाई नभरी हुँदैन । यो पहिलो शर्त हो तर भुँडी भर्नको लागि जे भए पनि हुन्छ, एक माना च्युरा भए पनि पुग्छ, एक थाल ढिंडो भए पनि पुग्छ, इटालियन पिजा भए पनि पुग्छ र एक कचौरा ममको डल्ला भए पनि पुग्छ । अर्थात् भुँडीलाई सुखी राख्न भुँडीमा जे ठुसे पनि हुन्छ तर यतिले मात्र सुखी होइँदैन ।
