मधुपर्क २०६५ माघ
रमेश विकलः कथादेखि कथासम्म
अनौठो संयोग मान्नुपर्छ विकलको पहिलो र अन्तिम दुवै सिर्जना कथा नै बन्न पुगे। २००५ सालमा हस्तलिखित मासिक पत्रिका ‘सन्देश’बाट सुरुभएको उहाँको साहित्यिक जीवन र २००६ साल चैत महिनाको शारदामा प्रकाशित “गरिब” कथाबाट प्रारम्भ भएको कथाकार विकलको व्यक्तित्व मधुपर्कको यही अङ्कमा प्रकाशित लामो कथा “किराँत प्रदेशको दुर्दान्त शिकारी”बाटै विश्रान्तिमा लीन हुन पुग्यो । उहाँको अन्तिम हरफ अस्पताल जानुअघि लेखिएका आत्मवृत्तान्तका तिनै तीन पृष्ठ हुन पुगे पनि अन्तिम पूर्ण सिर्जना चाहिँ मधुपर्कको यही कथा बन्नपुग्यो ।
सांस्कृतिक रूपान्तरणको आवश्यकता र कार्यदिशा
राजनीतिक परिवर्तनको सन्दर्भबाट हेर्दा हामीले ऐतिहासिक फड्को मारेका छौँ । राजनीतिक परिवर्तनले मात्र समाजको बनोट, सांस्कृतिक परिवर्तन र व्यावहारिक रूपान्तरण हुन सक्दैन । हाम्रो सामाजिक जनजीवन र रहनसहन परम्परागत कार्यशैलीमा आधारित भएकाले समाजलाई रूपान्तरण गर्नका लागि सांस्कृतिक रूपान्तरणको आवश्यकता भएको निचोड प्रगतिशील साहित्यकारहरूको वि.सं. २०६५ मङ्सिर २७ गते सम्पन्न कार्यक्रममा निकालिएको छ ।
अन्तर चाहना
मेरो चेतनाले जान अराउँथ्यो र म प्रायः गइरहने गर्थेँ, उहाँ । परिवारका सबै जना आ-आˆना सुरमा छरिँदै जाँदा संयोगले एक दिन त भार्गवीसँग पो भेट हुन पुग्यो । घाम तापेर चकमन्न आˆनै मनभित्र अल्मलिएर डुबेकी रहिछन् उनी । झस्केर उठिन् र उनकै ईशाराले त्यहीँ राखेको अर्को कुर्सीमा बसेँ । उनी भित्रकी भार्गवीलाई छुट्टै राम्ररी बुझेको थिइनँ मैले । मसँग भित्री इच्छा र आशा पस्किने मौका पो कुरिरहेकी रहिछन् उनले । विस्तारै-असाद्धे राम्रो लाग्ने, असल लाग्ने कुरालाई मोडेर भित्रभित्रै खुब माया लाग्ने सङ्केत गरेर उनले त मसँग विवाहको यो आशा लुकाएर राखेकी रहिछन् । त्यो क्रमशः पोखिन आइपुग्यो उनले ।
