मुरारी अर्याल
भैगो अब छाडिदेऊ
भैगो अब छाडिदेऊ मायाका ती थोत्रा कुरा,
बुझिसकें चाहिँदैन कलेजीलाई रेट्ने छुरा ।
मनै त हो नरम हुन्छ जता पनि फर्किदिन्छ,
हुँदो हो त ढुंगो बरु फेरिन्नथ्यो तिम्रा कुरा ।
भैगो अब छाडिदेऊ बफादारीताका कुरा,
बुझिसकें चाहिँदैन कलेजीलाई रेट्ने छुरा ।
आधामाथी आधा जोड्दा हुनुपर्ने एक थियो,
आधा मुटु धड्किदिँदा धड्किएन किन पूरा ?
भैगो अब छाडिदेऊ पिरतीका चिप्ला कुरा,
नेपालमा चलेका मौलिक संवत्हरू र संस्कृति
नेपालमा मौलिकरूपमा दुईवटा संवतहरू चलेका छन् । नेपालमा सुरु भएका र मूलतः नेपाल (काठमाडौँ उपत्यका)भित्र मात्र प्रचलनमा रहेका ती दुई संवत्सरहरूको यहाँको सांस्कृतिक परम्परासँग गहिरो सम्बन्ध छ । नेपालमा सुरु भएका दुई संवतहरूमध्ये पहिलो संवत् ३०४ वर्षसम्म प्रचलनमा रहेको थियो । भने दोस्रो संवत् पहिलो संवत्को स्थानमा प्रतिष्ठापित भई आज आफ्नो आयुको ११३० वर्षमा प्रवेश गरिसकेको छ । नेपालका यी दुवै संवत्सरहरू कार्तिक शुक्ल प्रतिपदाको दिनदेखि सुरु भएका हुन् ।

किन होला संसारमा यस्तै यस्तै मात्र देखेँ