किन होला संसारमा यस्तै यस्तै मात्र देखेँ
उचाइमा चारैतिर खुट्टा तान्ने पात्र देखेँ
आफ्नो आङ्को भैंसीलाई जुम्राभन्दा सानो ठानी
अरुको आङ्को लिखा खोज्ने असिन पसिन यात्रा देखेँ
मुसासँग कुस्ती खेल्न कसरत गर्ने हात्तीलाई
बहादुरीमा Gold medal हाँडी गाउँकै जात्रा देखेँ
शिशाको घरभित्र बसी अरुलाई ढुङ्गा हान्ने
एक आपसकै जुंगा तान्ने भलाद्मी र भद्र देखेँ
भनसुन भए बिना मनसुन पानी पार्ने संसारमा
हाम्रा मान्छे मोज गर्ने राम्रा अलपत्र देखेँ
साधुलाई शुली अनि चोरलाई चौतारो रे
मेरो नयाँ नेपालको मत्स्यन्याय शास्त्र देखेँ
“Honesty is best policy ” पढाका थे मास्टरले
“Honesty was best policy ” भन्नेको पो सत्र देखेँ
किन होला संसारमा यस्तै यस्तै मात्र देखेँ
उचाइमा चारैतिर खुट्टा तान्ने पात्र देखेँ
मुरारी अर्याल
सरस्वतीनगर, काठमाडौं

Kya Ramro Ghazal
Murari Sir dherai ramro ra man chhune gazal lekhnu bho…dherai dherai dhanyabad.
मुरारी अर्याल सरको गजल
नमस्कार !
गजब ! गजलले मन छोयो ।
फेरि फेरि पढ्ने आशा राखेको छु ।
सुभकामना ।