भैगो अब छाडिदेऊ

  • by
MurariAryal


भैगो अब छाडिदेऊ मायाका ती थोत्रा कुरा,
बुझिसकें चाहिँदैन कलेजीलाई रेट्ने छुरा ।

मनै त हो नरम हुन्छ जता पनि फर्किदिन्छ,
हुँदो हो त ढुंगो बरु फेरिन्नथ्यो तिम्रा कुरा ।
भैगो अब छाडिदेऊ बफादारीताका कुरा,
बुझिसकें चाहिँदैन कलेजीलाई रेट्ने छुरा ।

आधामाथी आधा जोड्दा हुनुपर्ने एक थियो,
आधा मुटु धड्किदिँदा धड्किएन किन पूरा ?
भैगो अब छाडिदेऊ पिरतीका चिप्ला कुरा,
बुझिसकें चाहिँदैन कलेजीलाई रेट्ने छुरा ।

भोलि साँचै भेट्न आउने बाचालाई पत्याएर,
एक्लै बसी झोक्र्याएर पिउनेछैन अब सूरा ।
भैगो अब छाडिदेऊ मीठा सपनीका कुरा,
बुझिसकें चाहिँदैन कलेजीलाई रेट्ने छुरा ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *