मुर्झाएको अतित
चकमन्न रातको अँध्यारो साम्राज्य बीच, सुनसान समयमा म एकाएक झसङ्ग ब्युझिएँ । स्मृतिपटलको ढोका अनयासै खुल्न पुग्छ । एकाएक सम्झनाको हुरीले बिगतको धमिलिएको एल्बमलाइ पल्टाई दिन्छ । म बाध्य हुन्छु । एल्बमका चहकिला तस्बिर नियाल्न । हो, चाँदनी ! धेरै पछि आज, यो मध्ये रातमा मक्किएको बिगतबाट मुर्झाइसकेको अतितलाई हुकाइरहेकोछु । निभिसकेको सलेदोमा फेरि बल्झाईको तेल थपेर सल्काइरहेको छु । खाटा बसिसकेको घाउँबाट फेरि सम्झनाका पाप्रा उब्काउँदै छु म ।
