रघु पन्त
अग्निशिखासंग हारेको मृत्यु
अस्तिको दिनमात्र ठमेलतिर लम्कदै गर्दा थहिटीको मूलसडकको एउटा अग्लो घरतिर आखा पुग्यो । त्यो घरलाई देख्नासाथ म एकछिन टक्क रोकिए“ । मेरो स्मृतिपटलमा र्सर्रर पुराना दिन सिनेमाको रिलझैं घुमे । थ“हिटी, क्वाबहालको त्यो अग्लो घरको सबभन्दा माथिल्लो तलामा ०३४ भन्दा अघिदेखि नै रामेशदाइ बस्नुहुन्थ्यो । त्यसबेला रामेशदाइको त्यो कोठा साहित्यिक र सांस्कृतिक गतिविधिको एउटा केन्द्रजस्तै थियो । त्यो कोठामा रामेश, मञ्जुल, म, अग्निशिखा -शुकदेव नेपाल), मोहन श्रेष्ठ, तर्ीथ नेउपाने, सुन्दर जोशी, श्याम तमोट, हिमाञ्चल भट्टर्राई लगायत थुप्रै साथी नियमित जम्मा हुन्थ्यौं ।
