Skip to content

कुमारी लामा

निशब्द पोखिएको प्रेम

  • by

एक उच्छ्वास, बहकिँदै सम्हालिँदै गरेको मन
स्वयम्भूका दुई अर्धमूदित नयन,
सोच मग्न, व्यग्र अथवा शान्त !!
बाँदरहरूको आफ्नै प्रेम, सङ्घर्ष, झगडा र भाषा ।

कल्पनाको क्यानभासमा बन्दीपुर

कल्पनाको क्यानभासमा निकै समयदेखि सजिएको सुन्दर बन्दीपुरलाई अन्ततः भेट्न जाने यात्राको सुरूवात भएरै छाड्यो २०६६को जेठ महिनाको एक बिहान । त्यो बिहानी सदाझैं सामान्य भए पनि मेरा लागि अलि बिशेष थियो, कारण म धेरै समयदेखि यसै दिनको प्रतीक्षामा थिएँ । मनमनै गद्गद् हुँदै गोङ्गबु बसपार्कबाट यात्रा आरम्भ भयो मेरा केही मित्रहरूसँग ।

कथा नागार्जुन डाँडाको

  • by

सहिद रामनाथ क्याम्पस बनस्थलीको बैठक कक्षबाट हुत्तिएका मेरा आँखाहरू एक्कासि सामुन्नेको नागार्जुन डाँडामा ठोक्किन पुगेका छन् । खै, थाहा छैन आज किन अकस्मात् यो डाँडा यति सजीव भएर मलाई नै एकोहोरो हेरिरहेजस्तो लागिरहेछ । यस्तो लाग्दैछ मलाई, यो डाँडाले आफूभित्रका अनगिन्ती भावनाहरू साट्न खोज्दैछ मसँग । बैठक विभिन्न महìवपूर्ण विषयहरूको छलफलसँगै अगाडि बढिरहेको बेलामा म भने एकतमासले हराएको छु नाजार्गुनसँगै । मेरो एकोहोरिएको मनले अलिकति राहत पाएको महसुस गर्छ जब निकैबेरको हेराइपछि म नागार्जुन डाँडालाई स्नेही र सहनशील आमाजस्तै पाउँछु । हो मेरो हेराइ र मनमा पुरुष नाम धारण गरे पनि यो डाँडा एउटी धैर्य, सहनशील र कोमल हृदय भएकी आमाजस्तै छिन् ।