Skip to content

मधुपर्क २०६५ फागुन

मेटामोर्फोसिस

  • by

लोकका आँखामा त्यो एक कुरुप, हेर्दा अनाकर्षक,
छुँदा झन् एलर्जिक, आँङै सिरिङ्ग बनाउने
एउटा महìवहीन कीरो हुन सक्ला
अनि बोट, बिरुवा एवं कलिला टुसा-मुनाका लागि

पर्ख एकैछिन

  • by

पर्ख… । एकैछिन
हातको सयपत्री कतै नचढाउ
विद्रोहको आगो निभाइ नहाल
समयको सङ्घर्ष विसाइ नहाल
अब यात्राको गन्तव्य हाम्रै हो भनेर

साहित्यमा श्रम विषय

  • by

साहित्य सिर्जना स्वयंमा एक प्रकारको श्रम हो । साहित्य सिर्जनाका लागि बौद्धिक र मानसिक श्रमको प्राधान्य रहन्छ भने शारीरिक श्रमको प्रधानता रहने क्षेत्र वा कार्यहरू पनि छन् । यसको अर्थ भौतिक वा शारीरिक श्रम शून्यको स्थितिमा साहित्य सिर्जना हुनसक्छ भन्ने होइन । जुनसुकै श्रम र काम एकाकी अर्थात् बौद्धिक वा शारीरिकमध्ये कुनै एउटाको श्रमदानबाट मात्र पूरा हुन सम्भव छैन । यी दुवै श्रमको योगदान कुनै पनि कार्य सम्पादनका लागि अपरिहार्य छ, प्रधानता दुईमध्ये जसको रहे पनि । बौद्धिक र शारीरिक क्रियाशीलताको धेरथोर तर अनिवार्य संयोजनबाट नै श्रमको परिणामदायी रूपान्तरण सम्भव छ तर साहित्यबाट मिल्ने र लिने प्रथम सन्तुष्टि चाहिँ मानसिक वा बौद्धिक नै हुन्छ ।

थोत्रा नेता किनारामा

  • by

थोत्रा नेता किनारामा, थोत्रा विचार झारमा
थोत्रा च्यादरको भाउ हुन्न कैल्यै बजारमा
थोत्रो विचारवाला हो! थोत्रो भई कति बाँच्दछौ?
न तिमी राम्ररी रुन्छौ, राम्ररी न त हाँस्दछौ ।

थानकोट काट्न सक्दिनँ

  • by

नेपाल सरकार
म थानकोट काटेर जान सक्दिनँ
थानकोटबाहिर मेरा सपनाहरु वर्जित छन् ।
काठमाडौँको हाँगोमा गुँड लगाएको छु
शरणार्थी चराले जस्तो
सपना केारल्दै ।

मान्छे भई बाँच

  • by

मान्छे तिमी, मान्छे भई बाँच
छाती तन्काई, स्वाभिमान साँची बाँच
सच्चाइको अखण्ड वत्ती, निरन्तर बाली बाँच
उही स्वर्ग तिमी छुने, दृढ सङ्कल्प लिई बाँच ।

माटो बोक्ने चाहियो

  • by

आओस् जे पनि देशभित्र जन हो त्यो शान्ति नै चाहियो
भौँतारी कति हिँड्छ मानव यहाँ भन्दै त्यही चाहियो
पार्ने त्यो मन नै खुसी भई नीलो आकाश नै चाहियो
त्यस्तो स्वच्छ हावा र निर्मल जलै पृथ्वी त्यही चाहियो ।

विषालु साँपले डसेपछि

  • by

विषालु साँपले डसेपछि
जलनहरु आगोका फिलिङ्गा भएर
आकाशबाट वैरिरहे
मैले टेक्ने ठाउँसम्म मात्र होइन
असीमित सीमाहरुसम्म
यत्रतत्र फैलिए
सास फेर्दा यी भित्र पसे

एकांकी ०४ – आधा मेरोः आधा तिम्रो

  • by

बिहान दस बजेतिरको समय छ । घरको सिकुवामा एक अधबैँसे युवती काम गरिरहेकी छिन् । एक ठिटी पढलेख गरिरहेकी छिन् । एक बालक खेलिरहेको छ । त्यसैबेला नरनाथलगायतका केही पुरुषहरूको आवाज आउँछ । नरनाथ भने सिकुवातिर उक्लिन्छन् । अरू पुरुषहरू बाटोबाटै अन्यत्र लाग्दछन् ।

शब्द निश्शब्द कोलाज

पद्म र म फुटपाथमा निश्शब्द हिँडिरहेका छौँ । मनभित्र उफान छ- परिवेशको, अकर्मण्यताको । सडक लमतन्न तेर्सिएको छ- ट्राफिकको उछिनाउछिन भेलको गतिमा, यान्त्रिक ध्वनिमा । ती सबैको अनिच्छित सापेक्षताबाट पन्छिन हामी एउटा चिया पसलभित्र पस्छौँ । निरपेक्ष रहन केही क्षणः निश्शब्द ः

एउटी विवश महिला

  • by

म यहाँ अहिले तपाईंहरूसामु एउटी वेश्या आइमाईको हैसियतले आएकी छु । हो म यहाँ तपाईंहरूलाई मेरो कथा सुनाउन आएकी छु । आशा गर्छु सुनिसकेपछि तपाईंहरूले मेरो र मजस्ता हजारौँ वेश्या बनाइएका र बनेका आइमाईहरूको अवस्था थाहा पाउनुहुने नै छ ।