चरी भुरुरुरु उँडेर (बालगीत) नीहारिका लक्ष्मी शाही गीति कविता by kbsDecember 19, 2010 (बाल गीत) च…च…च…च…च… चरी भुरुरुरु उँडेर आहा ! फूलमा पुतली फुरुरुरु नाचेर । चरी पनि छोपिदेऊ, पुतली नि समाइदेऊ नत्र भने मलाई आमा, त्यस्तै पखेटा लगाइदेऊ । पुतली र चरी जस्तै उड्न मन लागेको छ मिलिजुली तिनीसँग खेल्ने मन जागेको छ ।
तीजको रहर …. ! नीहारिका लक्ष्मी शाही गीति कविता by kbsSeptember 9, 20102 Commentsतीजको रहर बरिलै गाउँ शहर बाँडीचुडी दरखाने चल्यो लहर मै चेली एक्लै छु पराइ देशमा ए बतास, उडाई लैजा मलाई सरर मनभरि व्यथा मेरा आँखाभरि आँशु इवाते, किताकामीसँग* कसरी म हाँसु देश सम्झी दुखने मुटु पोल्छ भतभती डढेका श्वासहरू फेरी कसरी म बाँचु
कहिले एक सा~~नो तारा भएँ नीहारिका लक्ष्मी शाही गीति कविता by kbsAugust 9, 20104 Commentsकहिले एक सा~~नो तारा भएँ, कहिले सौर्यमंडल सारा भएँ ! उन्मुक्त हाँसेर पुगें बादल पारी, कहिले अविरल अँश्रुका धारा भएँ ! कहिले तर्पण सबै पितृलाई कहिले अर्पण सबै रामलाई सूर्योदयको सम्मुखै बसेर पनि सम्झन्छु मेरो देशको घामलाई
ऊ नेपाली नीहारिका लक्ष्मी शाही राष्ट्रिय कविता by kbsJuly 22, 20101 Commentखर्पन बोक्ने काँधमा नेपाल बोकेर फाटेको तनमन टालोले छोपेर अनवरत नथाकी हिंडिरहेछ उकाली ओराली । कर्मले ऊ नेपाली ! धर्मले ऊ नेपाली ! मर्मले ऊ नेपाली !
मेरै नजर सामु तिमी पराई हुँदा नीहारिका लक्ष्मी शाही गीति कविता by kbsJuly 15, 20104 Commentsमेरै नजर सामु तिमी पराई हुँदा मुटुमै चले तलवार, खुकुरी र खुँडा कति जल्यो होला मन तिमी नै भन सिन्दुर पोते पहिराउँदै अरुले छुँदा !!!!
मलाई किन छ प्रतिक्षा तिम्रो नीहारिका लक्ष्मी शाही गीति कविता by kbsFebruary 20, 2009मेरै छेउ हुँदै जान्छ हिंड्ने बाटो तिम्रो थाह छ मलाई तर म लक्ष्य होइन तिम्रो तै पनि मलाई किन छ प्रतिक्षा तिम्रो न आउँदा तिमी कहिल्यै मन त्यसै अत्तालिन्छ सन्चो पो भएन कि भनी पिरोलिन्छु साह्रै यति धेरै मलाई किन छ माया तिम्रो